आज :

सहकारी छानविन प्रतिवेदनलाई पुनअध्ययन गर्न उपसभापति वाग्लेको माग

  • अनलाइन डबली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले सहकारी छानविन प्रतिवेदनलाई यो सरकारले पुनअध्ययन गर्नुपर्ने बताएका छन् ।

मंगलबार नख्खु कारागारमा पार्टी सभापति रवि लामिछानेलाई भेटेका वाग्लेले सञ्चारमाध्यमसँग कुरा गर्दै संसदले बनाएको छानविन प्रतिवेदनमा एमालेको नियत छर्लङ देखिएको भन्दै उनले वर्तमान सरकारले त्यसमा पुनअध्ययन गर्नुपर्ने बताएका हुन ।

उनले भने, ‘रवि लामिछानेलाई नख्खुमा राखिएको ४÷५ महिना भयो भैरहवामा लामो समय राखियो । आधार के थियो ? संसदले बनाएको छानविन प्रतिवेदनको आधारमा संसदले पेस गरेको त्यस्तो प्रकृतिको छानविन रिपोर्ट तयार भएको दुई तीन घण्टामा नै क्याविनेटमा लगेर कारवाही गराएको ओली सरकारको नियतबारे आम जनताले छर्लङ थाहा पाइसकेका छन् । त्यो प्रतिवेदनको पाना नं.४४९ फेरी पढिदिन यो सरकारलाई आग्रह गरेका छौं । त्यो सहकारी छानविन प्रतिवेदनलाई क्याविनेटले पुनअध्ययन गरोस् र त्यसलाई अनुसन्धान फेरी गर्नुपर्नेमा कानुनी राय लिओस् ।’

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal