आज :

काठमाडौंमा एकाबिहानै बाढी, मौसम विज्ञान विभागले दियो यस्तो चेतावनी

  • अनलाइन डबली

काठमाडौं । रातिदेखि लगातारको ठुलो पानी परेपछि काठमाडौंका केहि ठाउँमा एकाबिहानै बाढी आएको छ।

विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ ।

यस्तै, बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ। विष्णुमती र बल्खु खोलामा बाढी आएको छ । जल सतह सतर्कता तह आसपास पुगेकाले बिहान ८ बजेसम्म ९ सतर्कता अपनाउन केन्द्रले चेतावनी दिएको छ।

बाढी बस्ती र सडक किनारसम्मै जान लागेकोभन्दै केन्द्रले किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको हो। आज दिउँसो देशभर सामान्य देखि पुर्ण बदली रहनेछ।

बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका केही स्थानहरुमा चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

राती गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेशमा चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ । यी प्रदेशमा सोमबार समेत भारी वर्षा हुने महाशाखाले जनाएको छ ।

भारी वर्षाको सम्भावना रहेका स्थानमा पहिरो तथा गेग्रान बहावको जोखिम रहनुको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal