आज :

बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध , सहमिति कार्यन्वयन नभएको स्थानीयको भनाइ

  • बुद्धशरण शाही

काठमाण्डौ ।  बन्चरेडाँडामा फोहोर विसर्जन गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसमेत उपस्थितिमा  सहमति भएको २४ नबित्दै स्थानीयले आज बिहानैदेखि स्थानीय बासीले फोहोर फाल्न रोक लगाएका छन् । काठमाडौंबाट फोहोर बोकेर गएका गाडीहरुलाई आज बिहान स्थानीयले रोकेको काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनु भयो ।  बुधबार काठमाडौं , धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी , धादिङको धुनिवेशी नगरपालिका र नुवाकोटको ककनी गाउँपालिकाका जनप्रति काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको छलफलपछि बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध अन्त्य गर्न ४ बुँदे सहमति भएक तर स्थानीय प्रहरी नियन्त्रणमा रहेका एक व्यक्तिलाई विनासर्त रिहा गर्न माग गर्दै फोहोर विसर्जनमा अवरोध गरेको काठमाडौँ महानगरपालिक छ । फोहोर बोकेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले एक जना स्थानीयलाई नियन्त्रणमा लिएको थियो ।

‘ स्थानीय संग होजो भएको भएको ४ वटा सहमति मध्य एकवटा फोहर फ्याक्न्मा अवरोध पुर्याएको आरोपमा पक्राउ परेका व्यक्तिलाई बिनासर्त छाडिने भन्ने थियो , तर कानुनि झन्झटका कारण करहि ढिला हुन गरेको मात्र हो । हामी छिटो प्रक्रिया पुर्याएर तो ब्क्तिलाई छाड्ने प्रयासमा छौ  ।  ’ प्रवक्ता मानन्धरले भन्नु भयो ।

बुधबार तीन जिल्ला प्रमुख जिल्ला अधिकारीहरुबीच भएको ४ बुँदे सहमतिमा ती व्यक्तिलाई रिहा गर्ने विषय उल्लेख छैन । तर रिहा गर्न भनेर सम आश्वासन दिएको तर कार्यान्वयन नभएको स्थानीयको भनाइ छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal