आज :

काठमाडौंमा बाढीः काँडाघारीमा प्रहरी कार्यालय डुब्यो, नदी- खोलाको पानी बस्तीमा

  • अनलाइन डबली

काठमाडौं ।अबिरल बर्षासँगै काठमाडौं विभिन्न स्थानमा डुबानमा परेका छन् । बागमती, विष्षुमत नदी र खोलाको पानी बस्तीमा पसेको छ । नदी तथा खोला किनारका बस्तीमा डुबानका कारण क्षति पुगेको छ ।

त्यसैगरी काँडाघारीस्थित प्रहरी कार्यालय डुबानमा परेको छ । प्रहरीका अनुसार भवनको भुइँ तला पनि डुब्दा मेसमा रहेका खाद्यान्न, फर्निचर लगायतका सामान बाढीले बगाउनुका साथै पार्किङमा राखिएका तीनवटा मोटरसाइकल पनि बगेका छन् । प्रहरी कार्यालयको सन्चार र इन्टरनेट पनि प्रभावित भएको छ ।

त्यसैगरी हरहर महादेव नजिकको गाईगोठमा बाढी पसेको छ । अलपत्र परेकाहरुका १५ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ । सुकुम्बासी टोलका २ वटा टहरा पनि बाढीले भत्काएर बगाएको छ । त्यहाँ मानविय क्षती भने नभएको प्रहरीले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गएराति भक्तपुरका नगरकोट, काठमाडौंको धाप, सुन्दरीजल लगायतको क्षेत्रमा भारी वर्षा भएको छ भने पुण्यमति, हनुमन्ते, मनोहरा र बाग्मतीको किनारका वासिन्दालाई सतर्कता अपनाउन विभागले चेतावनी दिएको थियो ।

यसैगरी ललितपुरको बाग्मती खोकना केन्द्रमा पनि जल सतह बढेपछि उच्च सतर्कताको सूचना जारी गरिएको थियो । आज बिहान त्रिभुवन विमानस्थलमा ७५.१ मिलिमिटर वर्षा मापन भएको छ ।

बाढीका कारण भक्तपुर र ललितपुरका विभिन्न बस्तीमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय भक्तपुरका अनुसार बाढीले करिब १०० घर प्रभावित भएका छन् भने केही फर्ममा क्षति भएको छ । चाँगुनारायण नगरपालिका-४ निलोपुल नजिक रहेको बंगुर फर्म बगेको छ । वडानम्बर १ दुवाकोट बेसी मनहरा खोला किनारका २० वटा घर टहरा डुबानमा परेको र त्यहाँबाट चार जना नगरिकको उद्धार गरिएको प्रहरीले जनाएको छ ।

बाढीले मध्यपुर ठिमी नगरपालिका-२ मनहरा खोला किनारमा रहेको कृषि फर्म डुवानमा परेको छ । फर्मबाट ५०० वटा हाँस, २०० वटा बंगुर र २ वटा गाई उद्धार गरिएको प्रहरीले जनाएको छ ।

त्यस्तै, वडानम्बर १ मा रहेको सुकुमबासी बस्तीमा रहेका ६० घर पनि डुबानमा परेका छन् । प्रहरीका अनुसार त्यहाँ सबै सुरक्षित रहेका छन् । विहानबाट पानी पर्न रोकिएका कारण पानी सतह घट्दै गइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal