आज :

बादी उत्पिडनको व्यथा उमा बादीको आत्मकथा

  • अनलाइन डबली

पदम श्रेष्ठ —
सबैभन्दा दुःखको दिन मेरो आमालाई निस्लोट ज्वरोले थला पारेछ । म आठ÷दस वर्षको थिएँ हुँला । घरमा खानेकुरा केही थिएन । यौन, नृत्य र वाद्यवादन जे विक्छ बेच्ने र नविकेको बेला, मागि खाने वादी संस्कार थियो । दिदीहरूको विवाह भईसकेकोले परपुरूषका लागि धन्दा गरिदिनुपथ्र्यो । आमाबुढी भइसकेकीले यौन बिक्ने कुरै भएन । त्यसमाथि विरामीले थला परेकी आमालाई जा गएर मागेर ल्या भनेर पठाएछन् बाबुले । पुरूष दवदबा यस्तो थियो कि धन्दा गरेर ल्याएको पैसा पनि तास खेलेर सिध्याईदिन्थे । आमा प्रतिवाद समेत गर्नुहुन्नथ्यो । जमिन्दारको आँपको बगैंचामा हाम्रो झुप्प्रो थियो , झुपै्र–झुप्रोको सानो अस्थायी बस्तीका सबैको हालत एउटै । ज्वरोले थला परेकी आमा पनि माग्न र परिवारको पेट भर्न निस्कनु भएछ । हामी बसेको आँपको वगैंचाबाट बस्ती पुग्न नदि तर्नु पथ्र्यो । सबैभन्दा त आमा बहिनी जन्मेको सुत्केरी अवस्थामै हुनुहुन्थ्यो । खोलो तरेरै त्यो गाउँ पुग्ने आँट गर्नुभएछ । मागेर ल्याउँछु र जे दिन्छ पकाएर खुवाउँछु भनेर तर सुत्केरी, त्यसमाथि ज्वरोले कमजोर आमा खोला छेउ बेहोस् हुनुभएछ । कसैले देखाईदिएपछि म भक्कानिएर रोएकी थिएँ । घरमा खानेकुरा केही थिएन । मुलाको साग र अलिकता चामलको खोले बनाएर हामीले तात्ततात्तै खाएका थियौं । कमजोरीले ढलेकी मेरी आमालाई त्यो झोलले केही राहत दिलाएको थियो । त्यो बेलाको जत्ति दुःख त मलाई मेरी आमाको मृत्यु हुँदा समेत लागेन । किनकी मृत्यु स्वभाविक र सत्य हुन्छ त्यसैले ।
जीवनको सबैभन्दा खुसीको दिन सिंहदरबारमा अर्धनाङगै रहेर आन्दोलन गरेपछि नेपाल सरकारले आत्म सम्मान
सहित आमाको नाउँमा नागरिकता दिएको दिन मेरो जीवनको सबैभन्दा खुसीको दिन थियो । वि.स.२०६४ साल पौष २३ गते मन्त्री परिषदले निर्णय जारी ग¥यो–वाध्यात्मक यौन शोषणमा लागेका वादी समुदायलाई आय आर्जनको तालिम, बसोबास व्यवस्थापनसहित पुनःस्थापित गर्ने । त्यही दिन हाम्रो मुक्ति दिवस हो । घोषित माग सबै पूर्ण भएका त छैनन् तर आमाको नाउँमा नारिकता, जग्गा भएकाहरूलाई घर निर्माण र तालिमका अधुरा कामहरू भएका छन् त्यही दस्तावेज बनेको दिन मेरो जीवनको खुसीको दिन हो ।
वादी कुसंस्कार नथुनियाँ नाकको फुली फुकालेर पहिलो पटक ठालुहरूबाट बलात्कृत हुनुलाई नथुनिया भनिन्थ्यो, वादी समुदायमा । जुनदिनदेखि शरीर बेच्न योग्य मानिन्छिन् वादी चेली । ठालुहरूको गिद्धे दृष्टिले अभिभावकसँग ती चेलीको नथुनिया फुकाल्न रकम बढावढको प्रस्ताब राख्छन् । नथुनिया सकारेका साहु–महाजन चाहे ५०–६० वर्षको बुढो होस वा लक्का जवान् , बलात्कृत हुनैपर्छ । मेरी दिदीहरूको नथुनिया देखेपछि, मभित्र कौतुहलता नभै विद्रोह हुन्थ्यो । तर मेरो समाजमा भने नथुनियाँबाट आएको पैसाले माछामासु, जाँड रक्सी खाने र पिउने साहु महाजन पल्काउने र छोरीचेलीले कमाउन सकेकोमा गौरब गर्थे । दुध खुवाउँदै गरेकी दिदीले ग्राहक देखेपछि बच्चा लुकाउँथे किन कि ग्राहकले बच्चाको आमालाई नस्वीकार्ला भन्ने पिरले । बच्चा किन रोइरहेकोछ भनेर ग्राहकले सोध्यो भने त्यो भाईवहिनी भनेर झुटो बोल्थीन । म छुच्ची थिएँ, ग्राहककै अगाडि आफ्नै सन्तानलाई भाइ वहिनी भन्ने ? भन्दिन्थें । ग्राहक भोगेर हिडेंपछि मलाई गाली गर्थे । ग्राहक यसरी भाँडेपछि के खान्छेस नि ? भन्दै कुटपिट गर्थे । म भित्र अचम्मको प्रश्न फुथ्र्यो । हाम्रो आफ्नो जीउ आफ्नै छैन, आखिर किन ?
मेरो पनि नथुनिया झण्डै रु
म १२÷१३ वर्षकै उमेरमा लक्कादेखिएकीले साहु–महाजनको कुदृष्टि ममाथि पर्न थालिसकेको थियो । नथुनिया नभएकी बदिनीमाथि जवरजस्ती गर्नुहुँदैन भन्ने मान्यता खसानभर दाङ, सल्यान, बाजुरा, कालिकोटमा थियो । राजाहरूबाट मेरो नथुनियाको प्रस्ताब आउन थालेपछि आमाबाबुले जव भेला बोलाउथें तव म सुटुक्कै कहिले मामाकोमा त कहिले काकीकोमा भागिदिन्थें । मलाई मनमा के परेको थियो भने नथुनिया सकार्ने साहुमहाजनले मलाई वेस्सरी यातना दिन्छन् । मेरो यस्तो हर्कतपछि आमाबाबुले नथुनिया विनै ग्राहकसँग पैसा लिन थालेछन् । म विद्रोही बघिनी जस्तो प्रतिवाद गर्थें । बादी यौन धन्दा गर्ने जात तर छुएको पानी भने पिउन नहुने कुसंस्कार कत्रो विडम्वना त्यतिखेर ? प्रतिकारका बाबजुदपनि जव राती ग्राहक आउँथे घरमा तव म बाख्राको गोठ , खेतका गराहरूमा रात छर्लङ्गै विताउँथें । विहान उठेर घर जाँदा ग्राहकले दिदीहरूसँग भोगेर हिडिसकेका हुन्थे, भने मलाई गाली गर्ने आँट उनीहरूमा थिएन । किनकि वादीभित्रै हामीले सामाजिक मान्यता विपरीत पेशा अपनाइरहेका छौं,,भन्ने थाह थियो । जसरी चोर डाँकाहरूलाई उनीहरूको कार्य ठीक होइन भन्ने थाह भएकैले त राती कसैले नदेख्ने गरी, डर धम्की देखाएरै लुट्ने गरिन्छ ।
मेरो जन्म र वंश आमा सुकि वादी र पिता वलदेवप्रसादकी साहिली छोरीको रूपमा वि.स.२०२१ साल पौष गते थाहैभएन राप्ती अञ्चलको सल्यानमा भएको हो मेरो जन्म । मेरी बज्यै गणेशी सल्यानकै जमिन्दार राज खलकका घर पताङिनीमा नाचगान रसरङ्ग गर्थिन । राणाकालिन दरवारीया वडाहाकिम साहेवज्यूको जिउधनको रक्षार्थ भारतको लखनौबाट झिकाएका कुष्टितवाज ननकौ भनिने नन्दप्रसाद कायस्थको दृष्टी परेछ मेरी वज्यैकोमा र उनैसँगको सम्वन्धबाट मेरी माताको जन्म भएको रहेछ । मेरा कुस्तिवाज बाजे नन्दकौ ,बज्यैबाट प्रभावित भई नेपालमै बस्नुभएछ तर आर्थिक प्रगती गर्न सक्नुभएनछ । मेरा मातापिताबाट चार दिदीबहिनी श्यामा, रूक्मिणी, तरूणा र म (उमा) र एकजना दाजु राजबहादुर को जन्म भयो । त्यो रखेल संस्कारको दलदलबाट मुखिया जिम्वाल सामु मेरो परिवारलाई पनि उहाँहरूले उम्काउन सक्नुभएन । तर म मेरो शरीरमा अर्काको हैकम जडाउने प्रवृति कुनैपनि हालतमा ठिक लागेन । हुन सक्छ म भित्र बाजे वंशजको नश्ल, रगत उभार थियो । किनकी मेरा बाजे वादी नश्लका नभै लखनौंका राजपुत कायस्थ वंशजका थिए । भनिन्छ, एक पुस्ताले गरेको गल्टीले सात पुस्ता पिर्छ । जसको दोष विपाक आजका पुस्ताले समेत भोगिरहेका छन् ।
हाम्रो परिवार नाच्दै तराई मधेस
खस राजा रजौता र भाइ भारदारका पटाङ्गीनीहरूमा नाच्ने, वाद्यवादन बजाउने÷बनाउनेलगायतका रसरङ्गका लागि वर्तमान भारतको वैशाली राज्य हुँदै कुमाउँ, गढवालबाट वादीहरू नेपालको सुदुरपश्चिम भित्रिएका हुन् । वाईसे–चौविसे खस , मगर राज्यभित्रका रूकुम, रोल्पा, अछाम, डोटी,जाजरकोट,जुम्ला,
कालिकोटमा वादी समुदायका वस्तीहरू थिए । राजाले नपत्याएका राम्री–राम्री छोरी नभएका वादीहरूले अर्काको गोठ, रित्तिएका झुपडी, जङ्गलको ओडारमा आफ्ना लालाबालालाई बास राख्नुपथ्र्यो । राजाहरूले स्वीकारेका परिवारलाई पनि मुस्किलले ६ महिना खानपुग्थ्यो । त्यसैले हामी नाच्दै वाद्यवादन बजाउँदै माग्दै सल्यानबाट तराई÷मधेसमा झ¥यौं । ४०–५० वर्ष अगाडि । हामी सल्यानबाट झरेका वादीहरूले कैलाली जिल्ला टिकापुरस्थित सतिमा अखडा जमायौं भने कैलालीकै मुढा अत्तरीया, वर्दियाको राजापुर र अनन्तपुर,, नेपालगञ्ज अरू जिल्लाका वादीले वस्ती जमाए । तर वादीहरूलाई नेपाल गए पनि कपाल सँगै वर्मा गएपनि भन्ने उखानझै तराई झर्दा पनि विभेद र यौन दासताले छोडेन । मलाई राम्रोसँग याद छ,, कर्णाली नदिमा माछा मा¥यो । हामीलाई बास दिने जमिन्दारलाई हाम्री दिदी र माछा चढाउनुपथ्र्यो । उनीहरूले दयामायाका भरमा दिएको अन्नले प्राण धान्थ्यौं । दशैं तिहार भोज भतेरमा नाचगान गर्दा प्राप्त हुने भिख खाएर हामीले बाँच्नु पथ्र्यो । एकठाउँबाट अर्को ठाउँ जान महिनौं लाग्थ्यो, हिड्दा हिड्दै जहाँ रात प¥यो, त्यहीं बास बस्ने गथ्यौं । भविष्य केहि थिएन ।
आन्दोलनको चेतना
भगवानले तँ आट, म पु¥याउँछु भन्छन् रे । मलाई पनि त्यस्तै– भयो । वि.स. २०३६ सालमा राजा महेन्द्रबाट वादी उत्थानका लागि बाँके, बर्दिया, कैलाली, कञ्चनपुरका जङ्गल फाँडेर कयौं ठाउँमा सुकुम्वासी बस्ती बसाए तर हाम्रो नागरिकता थिएन भने बाबुको थर ठेगाना नै नभएका कारण जन्म दर्ता पनि भएनन् । तराईमा पासवान (द्वसाद) र पहाडी गरीवहरूलाई जग्गा र राशन समेत दिएर पुनर्वास गराए तर हामी देशभित्रै अनागरीक भयौं । सरकारी कर्मचारीहरूसँग कुरा राख्दा किन चाहियो वादीलाई नागरिकता भाँडहरू भन्दै उल्टै गाली दिन्थे । पोइ नै नभएकालाई नागरिकता ? हाँसोमा उडाई दिन्थे । दशैं तिहार, फागु पर्वमा नाचगानमा अनेक अश्लिलशब्द प्रयोग गुण्डागर्दी गर्दै एकान्त जङ्गलमा हातपातको पिडा भोग्न वाध्य थियौं हामी बादीहरु । यावत उत्पिडनबाट निकासको लागि सङ्गठीत हुने दृड निश्चय ग¥यौं । वि.स. २०४८ सालमा बहुदलिय प्रजातन्त्रको पुनस्र्थापना खोलिएको विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरूले हाम्रो पक्षमा काम गरिदिन थाले । पत्रपत्रिका तथा सञ्चारले पनि वादी समुदायको आवाज उठाउन थाले । यस्तैमा २०५४ सालको दशैंमा वादी वस्ती विष्णुकान्तिपुर, टिकापुर कैलालीमा नाचगान गरी रमाईलो गरिरहेका थियौं । एक्कासी स्थानिय ठालुहरू आएर अपशब्द प्रयोग गर्दै समाज भाँडेको आरोपमा आक्रमण गरे । टेप रेकर्डर आदि फुटाउने, प्रतिवाद गर्नेहरूमाथि साङ्घातिक आक्रमण गरेपछि हामीलाई आफ्नो समुदायको सुरक्षाको लागि सङ्गठित हुनुपर्ने आवश्यकता महसुस भयो । एउटा सङ्गठित शक्तिको आवश्यकतालाई ध्यानमा राखी सामुदायिक सहयोग समिति शक्ति कैलाली गठन ग¥यौं । वि.स. २०५५ मा कैलाली जिल्ला प्रसासनमा दर्ता गरी बाँके, बर्दिया, दाङ, कञ्चनपुरका वादी समुदायलाई सङ्गठित गर्दै लग्यौं । संस्थाको मुख्य काम वादी समुदायमाथि भईरहेको यौन शोषण विरूद्ध वैकल्पिक शिप शिक्षामुलक अभियान थाल्नु थियो । यसका लागि तत्कालिन सरकार समक्ष २६ सुत्रिय माग राखेर आन्दोलन थाल्यौं हामीले ।
हाम्रो मागहरू थिए
. वादी आमाको नाममा नागरीकता दिनुपर्ने ।
. राज्यका हरेक निकायमा समानुपातिक समावेसिय प्रतिनिधित्व हुनुपर्ने
. २० प्रतिशत दलित भित्रै वादीलाई २० प्रतिशत छुट्याउनुपर्ने ।
. भूमिहिन वादीलाई ३ विगाह जग्गा उपलब्द हुनुपर्ने ।
. वादी सीपलाई आधुनिक आयस्रोत बनाउन सहयोग हुनुपर्ने ।
. जागिरको ग्यारेन्टी वा स्वरोजगारमुलक व्यवसाय गर्न विना धितो ऋण दिनुपर्ने ।
. वैदेसिक रोजगारीमा विशेष कोटाको ग्यारेण्टी । छुवाछुतलाई कडा कारवाही र न्यायिक निकायमा दलित इजलासको व्यवस्था ।
. वादी महिलासंग अवैद्य सम्वन्ध राखी अलपत्र बनाउनेलाई अंश दिलाईदिनुपर्ने ।
वादीभित्रका कुसंस्कार अन्त्यका लागि दीर्घकालिन कार्ययोजना ल्याईयोस् ।
आन्दोलनमा हामीले सिंहदरवारको ढोका ढकढकाउनेदेखि नाङ्गै गेट चढ्नुपर्ने वाध्यता भयो ।
अन्ततः वादी आन्दोलन निकासमा वि.स. २०६४ भाद्र १५ गतेका दिन थियो–सिंहदरवार दक्षिण ढोकामा धर्नामानै सरकारतर्फबाट शान्ति तथा पुननिर्माण मन्त्री रामचन्द्र पौडेलले मेरो संयोजकत्वमा गठन भएको राष्ट्रिय वादी अधिकार सङ्घर्ष समितिसँग वार्ताको आब्हान भयो । हामीमा हर्षोल्लासको सिमा रहेन । मलाई लाग्छ– राष्ट्रिय वादी आन्दोलनलाई सफल बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको ठूलो भूमिका रह्यो । मुक्त कमैया व्यवस्थापन समितिका संयोजक डा.दिपबहादुर स्वाँरको संयोजकत्वमा हामी वादी समस्या समाधान कार्यदल गठन भएको थियो । तर वादी समस्यालाई जनस्तरबाट उठाउने कार्य दसवर्षे माओवादी जनयुद्धपछि उठेको चेतनाबाट भयो जस्तो लाग्छ मलाई ।

बादी मुक्तिका संर्घषशील अभियन्ता
उमाबादीसंगको कुराकानीमा आधारित

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal