आज :

मन्त्री शर्माले राजीनामा दिएकाे भोलिपल्टै मन्त्रालय फर्किएका अर्थसचिवले दिए यस्तो बयान, के हो यथार्थ ?

  • अनलाइन डबली

काठमाडौँ । अर्थसचिव मधुकुमार मरासिनीले बजेट निर्माणका सन्दर्भमा बाहिर नकारात्मक टिप्पणी धेरै भएपछि आफू बिदामा बसेको बयान दिएका छन् ।

संसदीय छानबिन समिति गठन भएर अर्थमन्त्री जनार्दन शर्माको राजीनामापछि मन्त्रालय प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालेका थिए । देउवाले मन्त्रालय सम्हालेलगत्तै सहयोग गर्न भनेपछि आफू भोलिपल्टै काममा फर्किएको उनको भनाइ छ ।

उनले छानबिन समितिमा दिएको बयानमा भनिएको छ, ‘जुन किसिमको विवाद मिडियामा आयो । त्यसपछि सदनमा पनि कुरा उठ्यो, मिडिया र सामाजिक सञ्जालमा व्यक्तिगत रूपमा मलाई पनि धेरै नकारात्मक टीकाटिप्पणी आए । मानसिक रुपमा त्यो सबै थेग्न नसकेर केही समय बिदा बस्छु भनेर बसेको हो ।’

उनले अगाडि भनेका छन्, ‘सम्माननीय प्रधानमन्त्रीले नै अर्थ मन्त्रालय सम्हाल्न थाल्नुभएपछि मलाई फर्केर सहयोग गर्न भन्नुभयो । देशको कार्यकारी प्रमुखले त्यति भन्नुभएपछि नमान्ने कुरै भएन ।’

छानबिन समितिका सभापति र सदस्यहरुले मन्त्रालयमा बजेट निर्माणका क्रममा भएका अनधिकृत व्यक्तिको प्रवेश र करका दर हेरफेरमा केन्द्रीय रहेर करिब १ दर्जन प्रश्न गरेका थिए ।

जसमा ‘विवाद आएपछि बिदामा पनि बस्नुभएको थियो । जनार्दन शर्मा मन्त्री हुँदासम्म नफर्कने भन्नुभएको थियो भनेर मिडियामा सुनिएको थियो । मन्त्रीले राजीनामा दिनुभएपछि भोलिपल्टै फर्कनुभयो। मन्त्रीले राजीनामा नदिँदा बिदा बस्नुपर्ने र राजीनामा दिएपछि फर्कने के कारण थियो’ भन्ने प्रश्न पनि समावेश थियो ।

उनले बयानका क्रममा बजेट निर्माणका क्रममा कुनै अनधिकृत व्यक्तिको प्रवेश नभएको उल्लेख गर्दै सीसीटीभी फुटेज नराख्ने मामिलामा भने कमजोरी भएको स्वीकारेको छानबिन समितिका एक सदस्यले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal