आगो ओकल्दै
बम बर्साउदै
हिमालयको हिउमा
बारुदको बासना छर्दै
बादशाहालाइ बहुला घोडाबाट खसाल्ने
श्रीपेचको अन्त्य र लोकतन्त्र्को श्रीगणेश गर्ने
उ जन मुक्ती सेना हो।
उस्ले पाखुरा समायो स्पार्टाकसको
छाती बनायो दशरथ चन्दको
कसम खायो सुखानीको माटोको
सिस्ने – जलजलाहुदै माल्कोट
अनि रामारोशनमा परेड खेल्ने
जब ढाडमा टेकेर टाउको हिर्काउदै
जस्को बन्दुक मिसियो मानब सागरसङ्गै
हो उ बहादुर जनसेना हो।
जस्को उपहास भयो इतिहासमा
जस्ले बहिखाता सिरानीमा
अझै सुरक्षीत नै छ
जेन्जीको ज्वालामा थुप्रीएको
खरानीले सम्झिने गरेको
मेरो प्यारो माटोको मोलमोलाइ हुने
यो बिचलित समयमा
सबैको मनले पुकारा गरेको
हो उ त्यो बेलाको जेन्जी सेना हो।
उस्को हातमा अहिले प्रबिधि छ
उ बिचरण गर्दै छ ग्लोबल दुनिया
` एक जुगमा एक क्रान्ति ´
खारेज गरिसक्यो उस्ले
क्षणभरमा आव्हान गरेर
निमेषभरमा इन्क्लाबको नारामा
गोलबन्द हुँदै यो युगको
नौलो मोर्चा खोल्न आतुर
बन्दुकको बिसौनीमा
बरालिएको सुरेश वाग्लेको सपनालाइ
साकार पार्न आतुर
उ नेपाली विशेषताको
नया अबतारको जन मुक्ती सैनिक हो।
मंसिर ८, २०८२
-सन्दर्भ – मंसिर ८ (जनमुक्ती सेना दिवस)


आरपी तिमिल्सिना


