काठमाडौँ । जेनजी आन्दोलनको क्रममा आगजनी र तोडफोडको आरोपमा पक्राउ परेकालाई रिहा गर्न गृहमन्त्रालयले सर्कुलर जारी गरेको छ ।
सरकार–जेनजीबीच भएको सम्झौतामा भएको सहमतिअनुसार गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले देशभरका प्रहरी कार्यालयहरूमा थुनामा रहेकाहरूलाई हाजिर जमानीमा रिहा गर्न सर्कुलर गरेको हो ।
आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा अहिलेसम्म ८७२ जना पक्राउ परेका छन् । पक्राउ परेकाहरू विरुद्ध ३९५ थान मुद्दा दर्ता भएको छ ।
स्रोतका अनुसार काठमाडौँको महाराजगञ्ज र कोटेश्वरमा प्रहरीको हत्यामा संलग्नलाई भने नछोड्ने र बाँकी सबैलाई रिहा गर्न लागिएको हो ।
मङ्सिर २४ मा जेनजी अगुवा र सरकारको बिचमा १० बुँदै सम्झौता भएको थियो । सम्झौताको २ नम्बर बुँदामा आन्दोलनमा सहभागी भएकै कारण अनुसन्धान र अभियोजन गरिएका व्यक्तिबारे उजुरी लिएर उच्च स्तरीय जाँचबुझ आयोगले स्क्रिनिङ गर्ने उल्लेख गरिएको थियो ।


अनलाइन डबली


