काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज विराटनगर किंग्स र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । अपराह्न ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला खेल सुरु हुनेछ ।
पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो । लुम्बिनीले इलिमिनेटरमा काठमाण्डु गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ ।
लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको थियो ।
आज विजयी हुने टोली फाइनलमा पुग्ने छ । विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।


अनलाइन डबली


