आज :

सरकार र जेनजीबीच १० बुँदे सहमति : जेनजीकै आपत्ति, मिराजको समूहले सिंहदरबार केन्द्रित कार्यक्रम गर्दै

  • अनलाइन डबली

काठमाडौँ । बुधबार सिंहदरबारमा सरकार र जेनजीबीच भएको १० सहमति विवादमा परेको छ । जेनजीको ठूलो समूहले सहमति नमान्ने घोषणा गरेपछि उक्त सहमति कार्यान्वयन हुनेमा शंका पैदा भएको छ ।

प्रधानमन्त्री कार्यालयमा भएको सम्झौतामा हस्ताक्षर कार्यक्रममै जेनजी अगुवाहरुले विरोध जनाएका थिए । उनिहरुले सम्झौता च्यातेर विरोध जनाएपछि प्रधानमन्त्री सुशीला कार्की उठेर हिडेकी थिइन् ।

कार्कीले सीमित व्यक्तिहरुको स्वार्थअनुसार सहमतिपत्रमा हस्ताक्षर भएको जेनजी अगुवाहरुले आरोप लगाएका छन् । सरकारले तीन महिनापछि गरेको सम्झौतालाई पनि सबैले स्वमित्व लिने वातावरण बनाउन नसकेको उनिहरु बताउँछन् ।

यसैबीच सरकारसँग भएको सहमतिप्रति असहमति जनाउँदै मिराज ढुंगाना समूहले विज्ञप्ति जारी गरेको छ । ढुंगानाले आन्दोलनका मूल आवाज र मागहरूको उचित प्रतिनिधित्व गर्न नसकेको आरोप लगाए ।

विज्ञप्तिमा भनिएको छ, ‘सम्झौता पत्रमा आन्दोलनका केही मागहरू सम्बोधन भए पनि प्रमुख मागहरू स्पष्ट, ठोस र कार्यान्वयनयोग्य रूपमा समेटिएका छैनन् र चुनावअघि तिनको कार्यान्वयनबारे कुनै सुनिश्चितता दिएको छैन।’

ढुङ्गानाले सरकारको हालको सम्झौता प्रक्रियाले देशको स्थायित्व, सुशासन र परिवर्तनको मूलभूत आवाजलाई बेवास्ता गरेको आरोप लगाउँदै जनताको भावना, बलिदान र परिवर्तन चाहने मनोभावनालाई उपेक्षा गर्दै गरिने कुनै पनि सहमति स्वीकार्य नहुने चेतावनी दिए ।

उनको समूहले आजबाट सिंहदरबार केन्द्रीत संघर्षाका कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal