आज :

बाबुरामले दर्ता गरे नयाँ पार्टी, के राखे चुनाव चिह्न ?

  • अनलाइन डबली

काठमाडौँ । तत्कालीन जनता समाजवादी पार्टी नेपाल(जसपा)बाट निष्काशनमा परेका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नयाँ पार्टी दर्ता गरेका छन् ।

निर्वाचन आयोगमा बिहीबार भट्टराईले नेपाल समाजवादी पार्टी पार्टी दर्ता गराएका हुन्। पार्टीको चुनाव चिह्न आँखा रहेको छ । जुन भट्टराई नेतृत्वकै तत्कालीन नयाँ शक्ति पार्टीकाे चुनाव चिह्न हो ।

आयोगमा यसअघि समावेशी लोकतान्त्रिक पार्टी दर्ता भएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर नेपाल समाजवादी पार्टी दर्ता गरिएको भट्टराईका स्वकीय सचिव रमेश पोखरेलले जानकारी दिए ।

‘पार्टीमा विवाद हुँदावित्तिकै निर्वाचन आयोगमा समावेशी लोकतान्त्रिक पार्टी दर्ता गरिएको थियो । सोही पार्टीको विधान परिवर्तन गरेर अहिले नेपाल समाजवादी पार्टी दर्ता गरेका छौँ,’ पोखरेलले भने, ‘चुनाव चिह्न भने तत्कालिन नयाँ शक्तिको आँखा राखेका छौँ ।’

पार्टी अध्यक्ष सहित पदाधिकारी को-को हुने भन्ने विषयमा बैठकबाट टुंगो लाग्ने पोखरेलले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal