आज :

म्यान्मारमा चार जना प्रजातन्त्रवादी अभियानकर्मीलाईलाई मृत्युदण्ड दिने शासक को हुन्? विश्वभर बिरोध

  • अनलाइन डबली

म्यान्मार । म्यान्मारको नेतृत्वमा रहेका सैन्य नेताहरूले चार प्रजातन्त्रवादी अभियानकर्मीलाई “आतङ्ककारी गतिविधि”को आरोप लगाउँदै मृत्युदण्ड दिएको छ।

संयुक्त राष्ट्रसङ्घले ती मृत्युदण्डहरू खराब मनसायबाट प्रेरित भन्दै त्यसको निन्दा गरेको छ। सन् २०२१ मा सत्ता हत्याएपछि विपक्षीहरूलाई दबाउनमा त्यहाँको सत्ताले चालेको यो पछिल्लो उपाय हो।

जेनरल मिन ओङ ह्लाइङ सेनाका प्रमुख हुन्। उनी र जुन्ता भनिने सैनिक नेताहरूको समूहले निर्वाचित नागरिक सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएका थिए। उनले आपत्काल घोषणा गर्दै भविष्यमा “स्वतन्त्र र निष्पक्ष” चुनावको वाचा गरेका थिए।

त्यसयता जेनरल ह्लाइङले सेनाले गरेको भनिएको मानव अधिकारको दमन र जातीय अल्पसङ्ख्यकप्रति हमलाका लागि भन्दै अन्तर्राष्ट्रिय निन्दा र आर्थिक प्रतिबन्धहरू खेपिरहेका छन्।

गोप्य सुनुवाइपछि चार पुरुष अभियानकर्मीलाई मृत्युदण्ड दिइएको थियो। उनीहरूलाई म्यान्मारको सेनासँग लड्न विद्रोहीहरूलाई सघाएको आरोप लगाइएको छ।

मृत्युदण्ड पाउनेमध्ये प्रजातन्त्र अभियानकर्मी को जिम्मी र पूर्वसांसद तथा हिपहप कलाकार फ्यो जेया थअ छन्। एमनेस्टी इन्टर्न्याश्नलले त्यसलाई “म्यान्मारको बर्बर मानवअधिकार अवस्थाको अर्को उदाहरण” बताएको छ।

उक्त संस्थाले त्यस्तै प्रकृतिको आरोप खेपेका अन्य १०० मानिसहरू समेत त्यहाँ मृत्युदण्ड पर्खिरहेको जनाएको छ। गत वर्षको कूपछि विपक्षी अभियानकर्मीहरूले नागरिक अवज्ञाका लागि अभियान सीडीएम गठन गर्दै ठूला प्रदर्शन र हडताल गर्दै आएका छन्।

सेनाले त्यसमा गोली, पानीका फोहोरा र रबरका गोली हान्ने गरेको छ। आफूलाई पिपल्स डिभेन्स फोर्स पीडीएफ बताउने स्थानीय लडाकुहरूले सैनिक गाडीका लस्करमा हमला र अधिकारीहरूको हत्या गर्ने गरेका छन्। सरकारले हिंसक रूपमा प्रतिशोध साँध्ने गरेको छ। सगाईँ जिल्लामा ४० जना सर्वसाधारणलाई यातना र ह त्या गरिएको थियो।

आङ सान सू चीलाई किन जेल हालिएको छ?
सू ची प्रजातन्त्र पुनर्स्थापनाका लागि भएको सन् १९९० को दशकको अभियानका कारण विश्वभर प्रसिद्धि कमाएकी थिइन्। उनलाई सन् १९९१ मा नोबेल शान्ति पुरस्कार दिइएको थियो।

सन् २०१५ मा न्याश्नल लीग फर डेमोक्रेसीको नेतृत्व गर्दै उनले म्यान्मारमा २५ वर्षपछि खुला रूपमा भएको पहिलो निर्वाचनमा उक्त दललाई जिताएकी थिइन्। यद्यपि सैन्य सत्ताले सन् २०२१ को फेब्रुअरीमा सत्ताच्युत गर्दै उनलाई घरमै नजरबन्दमा राखेको थियो।

जेनरलहरूले विपक्षी दललाई सघाएका थिए जसले व्यापक धाँधली भएको भन्दै पुनर्निर्वाचनको माग गरेको थियो। यद्यपि निर्वाचन आयोगले त्यस्ता दाबीलाई सघाउने कुनै प्रमाण नभएको जनाएको थियो।

सन् २०२२ को एप्रिलमा ७६ वर्षीय सू चीलाई एउटा गोप्य सुनुवाइमाझ पाँच वर्षको जेल सजाय सुनाइयो। उनले देशको गोप्य सरकारी सूचना चुहाएको, गैरकानुनी रूपमा वाकीटकी राखेको र ‘त्रास फैलाउने गरी’ सूचना प्रकाशित गरेको भन्दै छ वर्षको सजाय पाइसकेकी थिइन्।

उनले अझै अन्य १० भ्रष्टाचारसम्बन्धी अभियोगहरू सामना गरिरहेकी छन् जुन प्रत्येकमा अधिकतम १५ वर्षको जेल सजाय हुनसक्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal