
बाँके । बाँकेको कोहलपुर नगरपालिका १४ पावर्तीपुरमा एक दम्पती मृत फेला परेका छन् । आफ्नै घरमा कृष्ण गडरिया र उनकी श्रीमती मञ्जु गडरिया मृत फेला परेका हुन् ।
श्रीमानको शव घर बाहिर र श्रीमतीको शव घरभित्र फेला परेको प्रहरीले जनाएको छ । कृष्णको हातमा चोट देखिएको र मञ्जुको घाँटीमा डोरीको डोब रहेको तथा मुखबाट फिँज आएको देखिएको छ ।
उनीहरुको ह’त्या भएको आशंका गरिएको र घटनाबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीका एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।
उता सप्तरीको खडक नगरपालिकास्थित लालपुरमा सोमबार साँझ करेन्ट लागेर एक जना वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खड्क नगरपालिका वडा नं ११ बस्ने ६० वर्षका शत्रुहन खङ्ग (मण्डल) रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
खेतमा सिँचाइ गर्नका लागि जडान गरिएको पानी तान्ने मोटर खोल्ने क्रममा उनलाई करेन्ट लागेको थियो । लामो खडेरीले धानबाली सुक्न थालेपछि खेत सिँचाइ गर्नका लागि मानिस पानीका लागि, मोटर, पम्पसेटलगायतबाट सिँचाइ गर्ने गरेका छन् ।