आज :

ओडेसामा दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार, प्रधानमन्त्री भन्छन्-युक्रेनले रुसलाई हराउन सक्दैन

  • अनलाइन डबली

काडमाडौँ । युक्रेनको ओडेसा बन्दरगाहमा एकै पटक दुईवटा कालिबर क्षेप्यास्त्र प्रहार भएका छन् । अन्न निर्यात सम्बन्धी सम्झौतामा रुस र युक्रेनले हस्ताक्षर गरेको केही घण्टापछि एकै पटक दुईवटा क्षेप्यास्त्र हमला भएको युक्रेनले जनाएको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनाले क्षेप्यास्त्र हमला गरेको दाबी गर्दै अन्न निर्यात सम्झौतालाई प्रभावित पार्ने प्रयास भनेका छन् ।

इस्तानबुलमा भएको वार्तापछि दुबै देशबीच अन्न निर्यातलाई सहजीकरण गर्ने सहमति भएको थियो । रुसले आफूले हमला गरेको अहिलेसम्म आधिकारिक रुपमा स्वीकार गरेको छैन । तर, राष्ट्रपति जेलेन्स्कीले उक्त घटनाले सम्झौता परिपालन नगर्ने चित्रण गरेको भन्दै मस्कोमाथि विश्वास गर्न नसकिने बताएका छन् ।

युक्रेन प्रमुख अन्न निर्यातकर्ता हो तर युद्धका कारण २ करोड टन अन्न उसका बन्दरगाहहरूमा फसिरहेको छ । युक्रेन र रुसले अन्न निर्यात नगर्दा विश्वभर भोकमरीको खतरा बढ्दै गएको छ ।

विश्वभर भोकमरी हुन नदिने भन्दै शुक्रवार रुस र युक्रेनबीच अन्न निर्यात गर्ने बेलामा रुसले बन्दरगाहहरूलाई निशाना नबनाउने सहमति भएको थियो । ती हमला रुसी सेनाले गरेको युक्रेनी सेनाको दक्षिणी कमान्ड केन्द्रले जनाएको छ ।

रुस र युक्रेनबीचको उक्त सम्झौतालाई संयुक्त राष्ट्र संघले शुक्रवार आशाको किरण भनेर प्रतिक्रिया दिएको थियो । उक्त सम्झौता गर्न दुई महिना लागेको थियो र सम्झौता सुरुमा १२० दिनका लागि भनिएको थियो । सम्झौताको संयोजन र अनुगमनका लागि इस्तानबुलमा केन्द्र स्थापना गरेर राष्ट्र सङ्घ, टर्की, रुसी र युक्रेनी अधिकारीहरू कर्मचारी रहने व्यवस्था गरिएको थियो । ओडेसा क्षेप्यास्त्र हमलापछि टर्कीले रुसले नगरेको दाबी गरेको छ ।

यसैबीच हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले युक्रेनले रुसलाई जित्न नसक्ने बताएका छन् । कन्जरभेटिभहरूको अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै मस्को र वाशिङटनबीच शान्ति वार्ता गरेर मात्र युद्ध अन्त्य हुने उनले बताएको बीबीसीले उल्लेख गरेका छ ।

युक्रेन घटनालाई लिएर युरोपेली नेताभन्दा फरक धारणा राख्दै आएका ओर्बानले भने, “युद्ध जित्ने रणनीतिभन्दा फरक रूपमा शान्ति वार्तामा केन्द्रित भएर समाधान खोज्नुपर्छ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal