आज :

चीन-ताइवान युद्ध नजिकः भोलिबाट ताइवानले देशभर युद्ध अभ्यास गर्दै, चीनले पनि घेराउ गर्यो

  • अनलाइन डबली

काठमाडौँ । गम्भीर तनावपछि ताइवानले भोलिबाट सैन्य अभ्यास गर्दैछ । जुलाई २५ देखि २८ सम्म ताइवानको सेनाले देशका मुख्य शहर र सीमा क्षेत्रमा सैन्य अभ्यास गर्न लागेको हो । चीनसँग जोडिएका क्षेत्रहरुमा सैन्य अभ्यास केन्द्रीत हुने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । ताइवानले सम्भावित चीनको हमलालाई निस्तेज गरी देशको रक्षा गर्ने भन्दै भोलि अर्थात जुलाई २५ बाट आधुनिक हतियारसहित विशेष सैन्य अभ्यास सुरु गर्न लागेको हो । ‘वानन डिफेन्स ड्रिल’ नाम दिइएको सैन्य अभ्यासमा ताइवानी सेनाको हवाई फोर्स सहभागी हुनेछ ।

सैन्य अभ्यास युद्धकै स्तरमा हुने भएकोले सम्बन्धी क्षेत्रहरुमा नागरिकलाई हिटडुल नगर्ने तथा घरबाट बाहिर ननिस्कन समेत सूचना जारी गरिएको छ । सूचना नपाएर वा अभज्ञा गर्नेहरुलाई कारवाही स्वरुप तीनदिनसम्म अस्थायी सेल्टरमा राखिने बताइएको छ ।

यसैबीच ताइवानले सुरक्षा चाँसोलाई चुनौती दिँदै सैन्य अभ्यास गर्ने तयारी गरेपछि चीनले पनि वारसिप समुद्रमा उतारेको छ । त्यस्तै, ताइवानी सेनाको सैन्य अभ्यास क्षेत्रलाई घेराउ गर्ने चीनको तयारी रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । तर, चीनले भने यसबारे केही बताएको छैन ।

चीनले पिएलए, चिनियाँ नेभी नामका वारसिपलाई मैदानमा उतारेको छ । ताइवान चीनको हिस्सा भएको तर उसले त्यसलाई चुनौती दिएपछि विवाद बढ्दै गएको हो ।

अमेरिकाले ताइवानलाई चीनविरुद्ध प्रयोग गर्दै आएको आरोप लाग्दै आएको छ । केही समय पहिले एसिया भ्रमणको क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले चीनले ताइनमा हमला गरे सेना परिचालन गर्ने भनेर विवादित अभिव्यक्ति दिएका थिए । त्यसपछि चीन चिढिएको थियो । त्यही बेला ताइवनले सैन्य अभ्यास गर्न थालेपछि चीन–ताइवान विवाद युद्धको चरणमा पुग्न सक्ने बताइएको छ ।

अमेरिकाको लागि ताइवान सामरिक महत्वको ठाउँ क्षेत्र हो । ताइवानले चीनलाई समर्थन गरे चीनको पश्चिम प्रसान्त क्षेत्रमा पडक जमाउन सक्छ र गुआममा रहेको अमेरिकी सैन्य शिविरमाथि हमला हुने डर अमेरिकालाई रहेको रक्षा विज्ञहरु बताउँछन् ।

चीन ताइवान विवाद बढ्दै गएपछि अमेरिकी संसदकी प्रतिनिधिसभाका अध्यक्ष नेन्सी पेलोसी ताइवान जान लागेकी छन् । उनले आफ्नो जहाज चीन खसाल्न सक्ने भन्दै चिन्ता व्यक्त समेत गरेकी छन् । ताइवान र चीन सीमा क्षेत्रमा आफूमाथि सुरक्षा खतरा हुन सक्ने पेलोसीले बताएकी छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal