आज :

ललितपुर नगर प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ ले नगरको निगरानी गर्ने

  • बुद्धशरण शाही

साउन ५ , ललितपुर,। ललितपुर नगर प्रहरीको ‘क्विक रेस्पोन्स टिम’ ले नगरको निगरानी गर्ने भएको छ । महानगर भित्र आइपर्ने आकस्मिक   समस्याको तत्काल समाधान र सहयोग गर्न नगर प्रहरीको क्यूआरटी टोली परिचालनमा ल्याइएको हो

नगर प्रहरीले बिहीबार आज एक कार्यक्रम बीच सहजताको लागि  पाँच वटा विद्युतीय बाइक सञ्चालनको सुभारम्भ गरेको छ ।

महानगरवासीका समस्या तत्काल समाधान गर्ने उदेश्हेयले विद्युतीय स्कुटर सञ्चालनमा ल्याएको महानगरले जानकारी दिएको छ ।  ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले सोअवासरमा बोल्लदै लितपुर महानगरपालिकाले आगामी दिनमा किन्ने सबै सवारी साधन विद्युतीय हुने घोषणा गर्नुभयो ।

प्रमुख महर्जनले  क्विक रेस्पोन्स टिमलाई यी बाइक महानगरभित्र तत्काल केही समस्या पर्दा सो क्षेत्रमा तत्काल पुग्ने गरेर खरिद गरिएको बताउनुभयो ।  पार्किङ रेखदेख, ट्राफिक जाम, मापदण्डविपरीत राखिएका अनधिकृत विज्ञापन तथा होडिङ बोर्ड हटाउन र कारबाही गर्न स्कुटरसहित टोली परिचालित हुने प्रमुख महर्जनले बताउनु भयो ।

यसै गरि नगर प्रहरी प्रमुख सिताराम हाच्छेत्हूले  सामान्य सवारी पार्किङ व्यवस्थापनदेखि घटना र दुर्घटनाका बेला महानगरबासीलाई तत्काल सेवा दिन क्यूआरटी सेवा सुरू गरिएको बताउनु भयो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal