ललितपुरको खोकनामा परम्परागत तथा ऐतिहासिक खोकना जात्रा विभिन्न धार्मिक तथा सांस्कृतिक विधि पूरा गर्दै मनाइएको छ । जात्रामा रुद्रायणी, कुमारी, गणेश, ब्रम्हायणी, इन्द्रायणी, बाराही, विष्णुदेवी, महालक्ष्मी, महेश्वरी, कालिका, नाट्यश्वर देवगणहरुको परम्परागत धार्मिक बिधि अनुष्ठान गरि पुजा गरिएको थियो ।
बडादशैंको रौनकसँगै ऐतिहासिक नेवा: बस्ती खोकना पनि आफ्नो मौलिक तथा ऐतिहासिक पर्व सिखाली जात्रा मनाउने परमरा रहदै आएको छ । देवी सिखाली (दुर्गा भवानी) को पूजा–आराधना र परम्परागत विधिविधानसँग जोडिएको यस जात्राले खोकनाको समृद्ध नेवा: संस्कृति र मौलिक पहिचानलाई जीवन्त राख्दै आएको छ।
पाँच दिनसम्म मनाइने यस जात्राको सुरुवात घटस्थापनादेखि हुन्छ भने फूलपातीका दिन समापन हुन्छ।





बुद्धशरण शाही

