आज :

पश्चिमा देशहरुसँग मिलेर लड्न रुस र इरान सहमत

  • अनलाइन डबली

काठमाडौँ । रुस र इरान पश्चिमा देशहरुसँग मिलेर मुकाबिला गर्न सहमत भएका छन् । मंगलबार पुटिन र इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीबीच भेटवार्ता भएको छ । दुबै नेताबीच रुस र इरानमाथि लगाइएको आर्थिक नाकाबन्दी र सैन्य चेतावनीको मिलेर मुकाबिला गर्न सहमत भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

इरानको राजधानी तेहरानमा अन्न निर्यात, सिरिया र युक्रेनबारे छलफल भएको छ । युक्रेनमा सैन्य कारवाही पछि पुटिनको यो दोस्रो विदेश भ्रमण हो । यसअघि पुटिनले जुन महिनामा ताजिकिस्तान र तुर्कमेनिस्तानमा गरेका थिए । पूर्व सोभियत सङ्घका यी दुबै देश रुसको पक्षमा उभिँदै आएका छन् ।

रुस र इरानबीच अर्को महत्वपूर्ण सम्झौता पनि भएको छ । मङ्गलवार रुसी ऊर्जा कम्पनी ग्याजप्रोपले इरानको सरकारी तेल कम्पनीसँग ४० अर्ब अमेरिकी डलर बराबरको एउटा नयाँ सम्झौता गरेको थियो । तर, कारोबार डलरमा नगर्ने सहमति पनि भएको छ । यसअघि दुईबीच पनि डरलमा भइरहेको थियो ।

पुटिनका विदेश नीति सल्लाहकार युरी उषाकोभले खामेनेईसँगको सम्पर्क निकै महत्वपूर्ण रहेको बताएका छन् । उनले द्विपक्षीय र अन्तर्राष्ट्रिय मामिलाका महत्वपूर्ण विषयमा एउटा विश्वासिलो संवाद विकास भएको बताए ।

सिरियाको विषयमा रुस र टर्कीलाई एक ठाउँमा ल्याउन इरानमा भूमिका खेलिरहेको छ । रुस र टर्कीले सिरियामा दुई भिन्न पक्षलाई साथ दिएका छन् । उत्तरी सिरियामा अमेरिकाले सघाइरहेको कुर्दिस लडाकुविरूद्ध नयाँ हमला सुरु गर्ने टर्कीको चेतावनी दिइरहेको बेला यो वार्ता भएको हो । पुटिन इरान आउनुअघि खामिइने र टर्कीका राष्ट्रपति रेजेप तय्यिप एर्दोआनबीच भेट भएको थियो । अब पुटिन र एर्दोआनबीच पनि भेट हुने बताइएको छ ।

टर्कीले सिरियाले सैन्य अभियान सुरु गर्न लागिरहेको छ । यसमा रुसको सहमति छैन । टर्की र सिरियाको ३० किलोमिटर लामो सुरक्षित क्षेत्र सिर्जना गर्न उक्त कदम उठाउने टर्कीका राष्ट्रपति एर्दोआनले बताउँदै आएका छन् ।

रुसमाथिको पश्चिमा प्रतिबन्धको टर्कीले विरोध गर्दै आएको छ । एर्दोआनले युक्रेन विवादमा मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न खोजिरहेका छन् । उनले पश्चिमा देशहरुले लगाएको प्रतिबन्ध आफ्नो देशले नलगाउने सार्वजनिक रुपमा बताउँदै आएका छन् ।

यो बैठक रुस र युक्रेनबीच एउटा सम्भावित सम्झौताको टुङ्गो लगाउँदै अत्यावश्यक मानिएको २ करोड २० लाख टनको निर्यात सुनिश्चित गर्ने अवसर बन्न सक्ने बीबीसीले जनाएको छ । गत साता टर्कीका विदेशमन्त्रीले दुवै पक्ष खाद्यान्नको पारवहनका लागि सुरक्षा सुनिश्चित गर्न सहमत भएको बताएका थिए ।

पश्चिमा देशहरुले रुसलाई एक्ल्याउन खोजिरहेको बेला आणविक शक्ति सम्पन्न हुन लागेको इरान र टर्कीले साथ दिएका छन् । यो गठबन्धनले अमेरिकाको नेतृत्वमा भइरहेको रुस विरोध गठबन्धनलाई चुनौती दिन सक्ने विश्लेषकहरु बताउँछन् । यो गठबन्धनले लडाइँ युक्रेनबाट विस्तार भएमा पश्चिमा देशहरुसँग मिलेर लड्न रुस र इरानबीच भएको पनि बताइएको छ । अमेरिका राष्ट्रपति जो बाइडनले एक हप्ताअघि इजरायलको भ्रमण गरेर इरानमाथि हमला गर्न सक्ने चेतावनी दिएका थिए । यो चेतावनीको चर्चा सेलाउन नपाउँदै भएको दुबै नेताबीचको भेटलाई विश्व राजनीतिमा महत्वको साथ हेरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal