आज :

इरानले भन्यो– एटम बम बनाउने चावी हातमा आयो ! मध्यपूर्वमा खैलाबैला, तनावमा बाइडन (भिडियोसहित)

  • अनलाइन डबली

काठमाडौँ । इरानी उच्च अधिकारीले आफ्नो देश एटम बम बनाउन सक्षम रहेको बताएका छन् । सर्वोच्च नेता अयातुल्ला अली खामेनीका सल्लाहकारले कमाल खराजीले एटम बम बनाउने चावी इरानको हातमा रहेको बताएका हु्न । योसँगै अमेरिका र मध्यपूर्वमा खैलाबैला मच्चिएको छ ।

केही दिन पहिले मात्रै अमेरिकी राष्ट्रपति जो बाइडनले इरानले परमाणु हतियार बनाएर हमला गर्ने बताएका थिए । इजरायल भ्रमणको क्रममा बाइडनले इरानले परमाणु बम बनाएर अमेरिका र इजरायले हमला गर्ने चेतावनी दिएका थिए । त्यसको एक हप्ता नबित्दै इरानी उच्च अधिकारीले मरमाणु बमको चेतावनी दिएका छन् ।

परमाणु बम बनाउन ९० प्रतिशत शुद्ध यूरेयिनम आवश्यक हुन्छ । सन् २०१५ मा अमेरिका र इरानबीच भएको यूरेयिनम सम्झौतामा ऊर्जाको लागि इरानले ३.६७ प्रतिशत शुद्ध यूरेनियम उत्पादन गर्न पाइने भन्ने छ । तर, उक्त सम्झौताबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पछि हटेको बताउँदै इरानले आफू आवश्यकताअनुसार परमाणु हतियार बनाउन चेतावनी दिँदै आएको थियो । तर, सर्वोच्च नेताकै कार्यालयबाट यो पहिलो पटक चेतावनी आएको हो ।

इजरायलको जासुसी संस्था मोसादले इरानसँग ६० प्रतिशत शुद्ध यूरेनियम भएको दाबी गरेको थियो । तर, अहिले खराजीले आफूुसँग ९० प्रतिशत शुद्ध यूरेनियम बताएको छ । यसअघि इन्टरनेशनल अटोमिक इनर्जी एजेन्सीले इरानसँग एटम बम बनाउन मिल्ने २५ किलो शुद्ध यूरेनियम भएको बताएको थियो । एउटा परमाणु बम बनाउन २५ किलो ९० प्रतिशत शुद्ध यूरेनियम आवश्यक पर्छ ।

विभिन्न अध्ययनले इरानसँग अहिले ४३ किलो ९० प्रतिशत शुद्ध यूरेयिनम रहेको यसलाई बढाएर ६६ किलो बनाउन सक्ने देखाएको छ । यूरेनियमको विषलाई लिएर लामो समयदेखि अमेरिका र इरानीबीच दुश्मनपूर्ण सम्बन्ध छ । अमेरिकाले उच्च सैन्य अधिकारी कासिम सुलेमानीको ड्रोन हमलाबाट ह त्या गरेपछि इरान झन् आक्रोसित बनेको छ । त्यस्तै, इरानका परमाणु वैज्ञानिक मोहसिन फख्रिजादेहको पनि ह’त्या गरिएको थियो । इरानले यसको आरोप पनि अमेरिकालाई लगाउँदै आएको छ । उसले त्यसको बदला लिने बताउँदै इराकमा रहेका अमेरिकी अखडाहरुमा क्षेप्यास्त्र प्रहार गर्ने गरेको छ ।

अमेरिकाले इजरायललाई इरानविरुद्ध लगाउँदै आएको छ । इजरायली सैनिक र ह्याकरहरुले पटक पटक इरानमाथि हमला गर्दै आएका छन् । इजरायलकै योजनामा इरानका उच्च अधिकारीहरुका हत् या हुँदै आएको छ । सन् २०२० जुलाई २ मा पनि इजरायली फाइटर विमानले इरानमा सैनिक इलाकामा हमला गरेर भागेका थिए । इजरायली ह्याकरहरुले इरानीको आणविक उर्जा केन्द्रका ह्याक गरी आगजनी गराएको इरानको आरोप लगाएको छ । भलै केन्द्रमा खटिएका सुरक्षाकर्मीका कारण ठूलो क्षति हुन पाएन ।

अमेरिकी राष्ट्रपतिले आणविक हतियार बनाए हमला गर्ने चेतावनी दिएको एक हप्ता नबित्दै इरानले चावी हात आएको बताएर जवाफ फर्काएको छ । यसबारे अमेरिकाले कस्तो प्रतिक्रिया जनाउँछ त्यो हेर्न त बाँकी नै छ । तर, इरानको यो जवाफले अमेरिका र मध्यपूर्वमा खैलाबैला मच्चिएको र अमेरिकी राष्ट्रपति बाइडनलाई चिन्ता तथा तनाव बढाएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

भिडियो

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal