आज :

त्रिभुवन विमानस्थलबाट ४८० किलो सुन बरामद

  • अनलाइन डबली

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४८० किलो सुन बरामद गरी राजस्व असुल गरिएको छ । यो एकै मितिमा नभएर गएको ७ महिनामा उक्त सुन बरामद गरेको विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।

भन्सार कार्यालयका अनुसार विदेशबाट फर्किनेहरुले विभिन्न गरगहनाका नाममा सुनलाई सामान्य तोडमोड गरेर ल्याएको अवस्थामा सो परिमाणको सुन बरामद गरी राजस्व असुलपछि सम्बन्धित व्यक्तिलाई प्रदान गरिएको छ ।

विदेशबाट फर्किने यात्रुले आफ्नो साथमा अधिकतम १०० ग्रामसम्म काँचो सुन भन्सार तिरेर ल्याउन सक्छन् भने २५० ग्रामसम्म सुनको गरगहना ल्याउन पाइने व्यवस्था छ ।

भन्सार कार्यालयका प्रमुख प्रशासक महेश भट्टराईका अनुसार सात महिनामा ३ अर्ब ८० करोड रुपैयाँको सुन बरामद गरिएको हो । जसबाट ४५ करोड ५८ लाख रुपैयाा राजश्व संकलन भएको भट्टराईले जनाएका छन् ।

राजस्वको दायरमा आएसँगै सो परिमाणको सुन औपचारिक रुपमा किनबेच गर्न सकिने र अनौपचारिक अर्थतन्त्रमा निरुत्साहित पुग्ने भन्सार कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal