आज : २०८१ माघ, ०८

अन्तत: अर्थमन्त्री शर्माले दिए राजीनामा, जाँदाजाँदै कसलाई के भने ?

  • अनलाइन डबली
  • २०७९ अषाढ २२ गते   ०५:०१ बजे

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति बनाए लगतै शर्माले राजीनामा दिएका हुन् ।

लगतै विशेष समय लिएर बोलेका अर्थमन्त्री शर्माले छानबिनमा सहयोग गर्ने भन्दै राजीनामा घोषणा गरे । ‘जे देखियो अहिले पूर्वाग्रहको पराकाष्ठा हो । सहमतिमा छानबिन समिति बन्यो । उहाँ (योगेश भट्टराई)ले आदेश जारी गर्नुभयो, फरमान जारी गर्नु भाे। सैनिक नेतृत्वले जस्तै दाेषी करार गर्नु भयो के यही हो लोकतन्त्र?’ अर्थमन्त्री शर्माले  भने ‘यो राजनीतिक पूर्वाग्रहको पराकाष्ठ हो ।’

त्यसअघि एमाले सांसद योगेश भट्टराईले अर्थमन्त्रीलाई पदमा बस्न नैतिक आधार नभएको बताएका थिए । ‘यो रोस्ट्रमबाट आम नागरिकमा आह्वान गरियो । ‘राजीनामाको मागलाई सम्मान गर्छु । यो राजनीतिक प्रतिशोधबाट उठाएको विषयको सच्चाइमा पुगिँदैन,’ उनले भने, ‘मैले बजेट निर्माण गर्दा कुनै पनि त्रुटि गरेको छैन । तोकिएको मापदण्डअनुसार बजेट निर्माण गरिएको छ ।’

उनले करको दरमा हेरफेर गर्ने विषयमा नीतिगत निर्देशनमात्रै दिएको हो । ‘राति ११ बजे मन्त्री निवास गएको र बिहान ६ बजे मन्त्रालय पुगेको हुँ । म मन्त्रालयमा पुग्दा अर्थ सचिव सोफामा पल्टिरहनुभएको थियो,’ शर्माले भने ।

उनले एउटामात्रै नभएर हजारौं छानबिनका लागि तयार रहेको छ । ‘आमनागरिकमा भ्रम छरिएको कारण छानबिन गर्नेछ,’ उनले भने ।

मैले गल्ती गरेको छैन
सम्बोधनका क्रममा शर्माले बजेट निर्माणमा कुनै त्रुटि नभएको जिकिर गरेका थिए । तोकिएका अधिकारिक व्यक्तिहरुमार्फत बजेट निर्माण गरेको भन्दै उनले भने, ‘करको दररेट हेरफेर गर्ने सन्दर्भमा दुई सचिव र डिजीहरुलाई नितिगत निर्देशन गरेको हुँ ।’

आफूले सचिव र बजेट निर्माणसँग सम्बन्धित मन्त्रालयका महाशाखाका प्रमुख डिजीहरुलाई नीतिगत निर्देशन दिएर राति साढे ११ बजे मन्त्री क्वार्टर गएर सुतेको बताए ।

उनले अघि भने, ‘मेरो निर्देशनपछि उहाँहरुले रातभर काम गर्नु भएको छ । म साढे ११ बजे सिंहदरबारबाट पुल्चोक क्वार्टरमा गएर सुतेको छु, विहान ६ बजे मन्त्रालयमा पुगेको छु । सचिव सोफामा पल्टिरहेको, डिजीहरुले टुंग्याउने अवस्थामा पुगेको मैले देखेको छु ।’ राजनीतिक रुपमा आफूलाई बद्नाम गर्न खोजिएको भन्दै उनले छानबिन गर्न चुनौती दिए ।

भरतमोहन र विष्णु पौडेलले दिएका थिएनन् राजीनामा छानबिन समिति बनेपछि अर्थमन्त्रीले राजीनामा दिए । तर विगतमा एमालेबाट मन्त्री बनेकाहरूले भने विवादमा पर्दा राजीनामा दिएका थिएनन् । अर्थमन्त्री हुँदा विवादमा परेपछि भरतमोहन र विष्णु पौडेलमाथि संसदीय समितिले छानबिन गरेको थियो ।

झलनाथ खनाल प्रधानमन्त्री भएका बेला २०६८ सालमा अर्थमन्त्री अधिकारी थिए। त्यतिबेला बजेट लिक भएको विषय संसदमा विरोध भएपछि संसदीय छानबिन समिति बनेको थियो । छानबिन समिति बनेपछि उनले राजीनामा दिएनन् ।

यस्तै २०७३ मा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा पौडेल अर्थमन्त्री थिए। पौडेल अर्थमन्त्री भएका बेला पनि बजेट पनि बजेट लिक हुँदा संसदीय छानबिन समिति बनेको थियो।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
onlinedabali@gmail.com
dabalinews@gmail.com

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal