आज :

युक्रेनको लुहान्स्क क्षेत्र रुसले कब्जा गर्यो, जितपछि पुटिनले आफ्नो सेनालाई दिए यस्तो आदेश

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनको लुहान्स्क क्षेत्र रुसको कब्जामा गएको छ । लडाइँ जारी रहेको अर्को रणनीतिक महत्वको सहर लिसेचान्स्क कब्जा लिएसँगै लुहान्स्क पूरै रुसको नियन्त्रणमा गएको हो । केही दिनदेखि भिषण लडाइँ चलिरहेको लिसेचान्स्क रुसी सेनाले कब्जा गरेको छ ।युक्रेनले लिसेचान्स्क सहर गुमाएपनि त्यो भन्दा पश्चिमतर्फ अघि बढ्न रोक्ने बताएको छ । रुसी कब्जा गरेको स्वीकार गर्दै लुहान्स्कका गभर्नर सेर्ही हाइडाईले युक्रेनी सेना पछि हटेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

बीबीसीका अनुसार युक्रेनी अधिकारीहरुले लिसेचान्स्क सहर गुमेसँगै लुहान्स्क रुसको नियन्त्रणमा पुगेको बताउँदै उक्त कुरा पीडादायी भएको बताएका छन् । उनले आफ्नो देशले पूरै लडाइँ नहारेको समेत दाबी गरेको बीबीसीले समाचारमा उल्लेख गरेको छ ।

लिसेचान्स्कमा हारेपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो सेनाले उक्त सहर फिर्ता लिएरै छोड्ने बताएका छन् । उनले रुसी सेनालाई अगाडि बढ्नबाट रोक्न थप हातहतियार दिन पश्चिमा देशहरूलाई आग्रह पनि गरे ।

लिसेचान्स्क कब्जापछि रुसले अहिले छिमेकी डोनेट्स्क क्षेत्रका सहरहरूमा बमबारीलाई तीव्र पारेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । उसले स्लोभियान्स्क र क्रामाटोर्स्कलाई लक्षित गरी त्यस्ता हमलाहरू गरिरहेको छ । डोनेट्स्क र लुहान्स्क दुवै औद्योगिक डोन्बास क्षेत्रमा पर्छन् ।

यसैबीच रुसका राष्ट्रपति भ्लोदिमिर पुटिनले लिसेचान्स्क सहर कब्जा गरेपछि आराम गर्दै लडाइँको क्षमता विकास गरेर भिषण हमला गर्न आदेश दिएका छन् । उनले लिचेसान्स्क कब्जा गर्ने अभियानमा भाग लिएका सैनिकहरुलाई धन्यवाद समेत दिए । पुटिले रक्षामन्त्री सर्गेई शोइगुलाई पूरै तागत लगाएर अगाडि बढ्न निर्देशन समेत दिएको बताइएको छ ।

“पूर्वी र पश्चिमी क्षेत्रका समूह लगायत अन्य सैन्य एकाइहरूले पूर्वस्वीकृत योजना अनुसार आफ्नो कार्यहरू पूरा गर्नुपर्छ” पुटिनले भने । उनले ती मोर्चामा पनि उनीहरूले लुहान्स्क क्षेत्रमा जस्तै सफलता पाउने आशा व्यक्त गरेका छन् ।

रुसले २४ फेब्रअरीमा सैन्य कारवाही सुरु गर्नुअघि पुटिनले लुहान्स्क र डोनेट्स्कलाई स्वतन्त्र राज्यको रूपमा मान्यता दिएका थिए । सोही क्षेत्रलाई युक्रेनी फौजबाट मुक्त गर्ने रुसको पहिलो योजना थियो । अब डोनेट्स्कका केही स्थानमा मात्रै युक्रेनी सेना रहेका छन् ।

युक्रेनीले आफूहरुलाई अधिकार नदिएको भन्दै सो क्षेत्रमा सन् २०१४ मा विद्रोह सुरु गरेका थिए । त्यसै वर्ष क्रिमियाले संसदमा मतदान गरेर रुससँग गाभिने निर्णय गरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal