
बाजुरा । देउडा क्षेत्रको बादशाह चर्चित लोक तथा देउडा गायक प्रकाश थापाको ‘पँहेली धानका बाला २’ भिडियोसहित साङ्गीतिक बजारमा आएको छ । चर्चित देउडा गायक थापाको प्रदेशी जीवनसंग जोडिएको ‘पहेँली धानका बाला २’ बुधबार गायक थापाकै अफिसियल युउटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
२०६१ सालमा मुटु जल्याकै छ नामक एल्बममा समावेश उक्त देउडा गीतको दुई दशकपछि सिक्वयल ‘पहेँली धानका बाला–२’ देउडा गीत सार्वजनिक गरिएको हो। पहेँली धानका बाला गीत तेस्रो एल्वमका रुपमा २०६१ सालमा बजारमा आएको थियो ।
पहेँली धानका बाला बोलको पहिलो गित दशैं र तिहार पर्वमा आमाबुवा दाजुभाई र दिदीबहिनीहरुबाट टाढा भई बस्नु पर्दाको पीडालाई गीत मार्फत प्रस्तुत गरिएकोे छ । गितमा गायक थापा र गायिका देवी घर्तीको समधुर श्वर रहेको छ भने गितमा गायक थापा,साहित्यकार तथा बरिस्ठ सर्जक राजेन्द्र शाह विपी र अमर विकको शब्द रहेको छ। गितको गायक थापा र अमर विकले सङ्गीत संयोजन गरेका छन् । चर्चित गायक तथा एरेञ्जर विनोद बाजुरेलीले एरेञ्जर गरेको गितको खडक बाजुरेलीले मिक्सिङको काम गरेका छन्।
सागर बाजुरेली र डम्मर विकले रेकर्ड गरेको गितको भोकल ईडिट राजेन्द्र बाजुरेलीले गरेका छन् ।गौरव गिरीको निर्देशनमा रहेको गितमा राजकुमार सिंह,सामिया कार्की लगायतले अभिनयको भुमिका खेलेका छन् ।मालश्री रेकर्डिङ स्टुडियोमा गित रेकर्ड गरिएको हो ।
गितमा “पँहेली धानका बाला” भाग १ जस्तैःप्रदेशी नेपालीहरूको संघर्ष र पीडालाई उजागर गरिएको छ । विशेष गरी प्रदेशमा बसोबास गरिरहेका नेपाली दाजुभाइ दिदीबहिनीको अनुभूति र जीवनको वास्तविकतासँग जोडिएको छ ।दशै र तिहारमा टीका र माला लगाउन नपाएको परदेशी छोरा,चाडबाडमा घरमा दाजू नहुँदा दिदीबहिनीले आँसु झारेर बस्नुपर्ने बाध्यता,परदेशी छोराको पीडा लगायतका गाथाहरु समेटिएका छन्।
“पँहेली धानका बाला” भाग १ जस्तैः भाग २ ले पनि त्यत्तिकै दर्शक श्रोताको माया पाउँने आफूले विश्वास लिएको गायक प्रकाश थापाले बताए ।नेपालीहरुको महान चाड विजया दशमी तथा शुभदिपावली विशेष गाथाहरु समेटेर गित तयार पारिएको गायक थापाले बताएका छन्।
साथै उनले आम दर्शक श्रोता,शुभेच्छुक र शुभचिन्तक सम्पुर्णमा दशै तिहार विशेष नयाँ गित “पँहेली धानका बाला २”हेरेर सुनेर सुझाव,सल्लाह प्रतिक्रिया दिन पनि आग्रह गरेका छन्।भगवानको कृपा म माथि रहिरहे आफ्नो साङ्गितिक जीवन थप उर्वर बन्नेमा कुरामा विस्वस्त रहेको उनको भनाइ छ ।
गायक थापाको कोकलकण्ठि श्वरमा सजिएको दशै तिहार सम्बन्धी यो मार्मिक गितले सम्पुर्ण परदेशी दाजुभाहरु,घरदेशी आमाबुबा,दिदीबहिनीहरुको मन दुखित तुल्याउने भएको छ।“पँहेली धानका बाला ” १ मा गितको देबेन्द्र हुरहुरले छायाकंन गरेका थिए भने यादव भट्टराईले निर्देशन गरेका थिए । सुदीप थापाको सम्पादन रहेको थियो भने सुदेश आर्चाय सम्पादन सहयोगी रहेका थिए । गितको उत्पादक तथा बितरक संगीत सौगात म्युजिक सेन्टर रहेको थियो ।गोविन्द्र राज तिमिल्सेना