आज :

राप्रपाको निष्कर्ष : सरकार निर्माणमा हतारो भयो, भ्रष्टाचारको जरोमा प्रहार भएन्

  • अनलाइन डबली

काठमाडौं । राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको वैठक सम्पन्न भएको छ ।

बिहीबार राप्रपा केन्द्रिय कार्य सम्पादन समितिको वैठक पार्टी कार्यालय धुम्बराहीमा बसेको थियो । उक्त बैठकले देहायका निर्णय लिएको हो ।

राप्रपाले हालको व्यवस्था नै परिवर्तन गर्नुपर्ने कुरालाई जोडका साथ उठाउँदै आन्दोलनका नरसंहारकर्ताहरु कारवाहीको माग समेत गरेको छ ।

जेनजी आन्दोलनका सम्बन्धमा ः

१. जेनजी आन्दोलनको क्रमम भएको अकल्पनीय र अपुरणीय धनजनको क्षतिप्रति राप्रपा गहिरो दुःख व्यक्त गर्दछ । यस क्रमम सत्तदत प्रप्स सबैप्रति हार्दिक श्रद्धाञ्जली तथ परिव रजनम गहिरो संवेदन तथ घइतेहरूको शीघ्र स्वस्थ्य लाभको कामन गर्दछ । उद्यमी, व्यवसयीक प्रतिस्ठन, विभिन्न व्यक्तिहरूको निजी सम्पत्ति तथा राप्रपा नेता, कार्यकर्ताहरुको सम्पत्तिमा भएको आगजनी तथ तोडफोडको भत्र्सन गर्दछ ।

२. भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलनपछि निर्मित अन्तरिम सरकारप्रति राप्रपाले सरकारले लिने निर्णय र चल्ने कदमका आधारमा सतर्कतपूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जानेछ ।

३. भ्रष्ट कर्मचारीहरूलई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरु कारवाही हुनु पर्दछ भन्ने राप्रपाको स्पष्ट धारणा छ ।  कारवाही भएन र फगत सरकार परिवर्तन मात्रै भयो भने यत्रो ठूलो बलिदानको घोर अपमान हुनेछ, यस्तो काम त कांग्रेस एमाले माओवादी संलग्न सरकार आफैले विगतमा गर्दै आएकै थिए ।

४. जेनजीहरूको आन्दोलन मूलरूपम भ्रष्टचारको विरुद्ध थियो । भ्रष्टचार विरुद्धको कुरा राप्रपा स्पष्ट छ कि समस्या नेतृत्वमा मात्र होइन अहिलेको व्यवस्था मै छ । जबसम्म भ्रष्टचारको जगको रुपम रहेको निर्वाचन प्रणाली, राज्य संरचन, संवैधानिक लगायतका नियुक्ति प्रणाली जस्ता विषयहरुमा प्रहार हुँदैन अन्य प्रयत्नले मात्र भ्रष्टाचार अन्त्यमा प्रभाव पर्दैन । यत्रो ठूलो विद्रोह र बलिदान पछिको आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदलामा भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने थियो भन्ने पर्टीको पार्टीको दृष्टिकोण छ ।

५. यत्रो ठुलो विद्रोह र बलिदानीपछि जेनजीले कम्तिम अन्तरिम सरकार, अन्तरिम संविधन र आगामी निर्वाचन प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, गैरदलीय स्थानीय तह जस्ता विषयहरूलाई टुङ्ग्यएर मात्रै अगाडि बढ्नुपथ्र्यो ।

६. राप्रपले लामो समयदेखि वर्तमान नेतृत्व र उसले ल्याएको व्यवस्था असफल भइसकेको उदघोष गर्दै आएको परिप्रेक्ष्यमा हालै भएको विद्रोहले त्यसलाई थप पुष्टि गरेको छ । असफल भएको संविधानवाटै कुनैपनि मुलुकलाई अघि बढाउने चेष्ठा गर्नु मुलुकलाई नै असफल बाटोम धकेल्नु हो भन्ने हाम्रो धरण छ ।

७. आन्दोलनम मृत्यु भएका परिवरलाई घोषितलगायत तत्काल पुर्याउन, घाइतेको उपचार, गम्भिर घाइतेहरुलाई उपचार र अशक्तका आधारमा संविधान त अतिग्रस्त भौतिक संरचनाको मुल्यंकनगरी शीघ्र बीमा लगायतका सुविधा उपलब्ध गराउन र उचित क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसंग माग गरेको छ ।

००००

१. जेनजी आन्दोलनको क्रममा भएको अकल्पनीय र अपुरणीय धनजनको क्षतिप्रति राप्रपा गहिरो दुःख व्यक्त गर्दछ । यस क्रममा सहादत प्राप्त सबैप्रति हार्दिक श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ। आन्दोलनका क्रममा सार्वजनिक संस्थाहरु, उद्यमी, व्यवसायिक प्रतिष्ठान, विभिन्न व्यक्तिहरुको निजी सम्पत्ति तथा राप्रपाका नेता, कार्यकर्ताहरुको सम्पत्तिमा भएको आगजनी तथा तोडफोडको घटनामा दुःख व्यक्त गर्दछ।

२. आन्दोलनमा मृत्यु भएका परिवारलाई घोषित सहायता तत्काल पुर्याउन, घाइतेको उपचार, गम्भिर घाईतेहरुलाई उपचार र अशक्तताका आधारमा सुविधा तथा क्षतिग्रस्त भौतिक संरचनाको मुल्यांकन गरी शीघ्र बीमा लगायतका सुविधा उपलव्ध गराउन र उचित क्षतिपुर्तिको व्यवस्था गर्न सरकारसंग राप्रपा माग गर्दछ ।

३. भदौ २३ र २४ गतेको ऐतिहासिक जेनजी आन्दोलन र त्यसपछि गठित अन्तरिम सरकारप्रति सरकारले लिने निर्णय र चाल्ने कदमका आधारमा राप्रपाले सतर्कतापूर्वक आफ्नो दृष्टिकोण तय गर्दै जानेछ।

४. भ्रष्टाचारीहरूलाई र जेनजी आन्दोलनका नरसंहारकर्ताहरूलाई कडा कारवाही हुनु पर्दछ भन्ने राप्रपाको स्पष्ट धारणा छ। कारवाही भएन र फगत सरकार परिवर्तन मात्रै भयो भने यत्रो ठूलो बलिदानको घोर अपमान हुनेछ, यस्तो काम त कांग्रेस एमाले माओवादी संलग्न सरकार आफैंले विगतमा गर्दै आएकै थिए।

५. जेनजीहरूको आन्दोलन मूलरूपमा भ्रष्टाचारको विरुद्ध थियो। भ्रष्टाचार विरुद्धको कुरा गर्दा राप्रपा स्पष्ट छ कि समस्या नेतृत्वमा मात्र होइन अहिलेको व्यवस्थामै छ। जबसम्म भ्रष्टाचारका जगको रुपमा रहेको निर्वाचन प्रणाली, राज्य संरचना, संवैधानिक अंग लगायतका नियुक्ति प्रणाली जस्ता विषयहरुमा प्रहार हुँदैन अन्य प्रयत्नले मात्र भ्रष्टाचार अन्त्यमा तात्विक प्रभाव पार्दैन। जेनजीको ठूलो विद्रोह र बलिदानपछि आन्दोलनका नेतृत्वकर्ताहरूले फगत एकथान सरकार निर्माणमा हतार गर्नुको बदला भ्रष्टाचारको जरोमै प्रहार गर्नुपर्ने थियो भन्ने पार्टीको दृष्टिकोण रहेको छ।

६. यत्रो ठुलो विद्रोह र बलिदानी पछि कम्तिमा अन्तरिम सरकार, अन्तरिम संविधान र अन्तरिम संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रदेश संरचनाको खारेजी, गैरदलीय स्थानीय तह जस्ता विषयहरूलाई टुङ्ग्याएर मात्रै अगाडि बढ्नुपथ्र्यो। यसमा गम्भीर चुक भयो भन्ने राप्रपाको धारणा छ।

७. राप्रपाले लामो समयदेखि वर्तमान नेतृत्व र उसले ल्याएको व्यवस्था असफल भइसकेको उदघोष गर्दै आएको परिप्रेक्षमा हालै भएको विद्रोहले त्यसलाई थप पुष्टि गरेको छ। असफल भएको संविधानबाटै कुनै पनि बहानामा मुलुकलाई अघि बढाउने चेष्टा गर्नु मुलुकलाई नै असफल बाटोमा धकेल्नु हो भन्ने हाम्रो स्पष्ट धारणा छ।

८. त्यसैले, अब भविष्यमा देशमा थप धनजनको क्षति हुन नदिन, देशलाई दीर्घकालीन द्वन्दमा जानबाट जोगाउन, भूराजनीतिक चक्रव्युह र वैदेशिक हस्तक्षेपबाट देशलाई जोगाएर नेपालको निर्णायकत्व नेपाली जनताको हातमा राख्न सबै राजनीतिक शक्तिहरूका बीचमा नविन समझदारी अत्यावश्यक छ।

त्यस क्रममा,

नेपालका तीन महत्वपूर्ण आन्दोलनको उपलब्धिहरु २००७ सालको प्रजातन्त्र, २०४६ सालको बहुदलीय व्यवस्था र २०६२÷६३ को समावेशी समानुपातिकताको रक्षा गर्दै निम्नानुसारका व्यवस्था सहितको नविन समझदारी गरेर कोही कसैले पनि आफुलाई पाखा परेको महसुस नगर्ने मौलिक व्यवस्था आजको आवश्यकता हो र यसले मात्र मुलुकले चिरकालसम्म द्वन्द्व व्यहोर्नु नपर्ने भरपर्दो समाधान हो भन्ने हाम्रो धारणा रहेको छ।

राप्रपाले,

क) जेनजी विद्रोहका दमनकारीहरुलाई तत्काल कारबाहीको माग गर्दछ।

ख) २०४६ पछिका सबै उच्च पदस्थ नेता, कर्मचारी र तिनका आफन्तहरूको समेत सम्पत्ति छानबिनको माग गर्दछ।

ग) प्रदेश संरचनाको अबिलम्ब खारेजीको माग गर्दछ।

घ) पूर्ण समानुपातिक संसद र सांसदले मन्त्री हुन नपाउने व्यवस्थाको माग गर्दछ।

ङ) स्थानीय तह गैरदलीय हुनुपर्ने व्यवस्थाको पक्षमा राप्रपा रहेको छ।

च) जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको व्यवस्था हुनुपर्दछ।

छ) प्रधानमन्त्री दुई कार्यकाल भन्दा बढी हुन नपाउने व्यवस्था गरिनुपर्दछ।

ज) अविभावकीय संस्थाका रुपमा राजसंस्था कायम हुनुपर्दछ।

झ) पुर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन हिन्दूराष्ट्र कायम हुनुपर्दछ।

ञ) संवैधानिक अंगहरुमा स्वतन्त्र र निष्पक्ष नियुक्तिको सुनिश्चितता गरिनुपर्दछ ।

जेनजी विद्रोह पछिको परिवर्तनलाई विगतका गल्ती कमीकमजोरीलाई सच्याउने, देश बनाउने, भ्रष्टाचारको सदाका लागि अन्त्य गर्ने अवसरका रुपमा उपयोग गर्न राप्रपा सबैलाई अनुरोध गर्दछ। राप्रपा सदैव जेनजीको चाहना बमोजिमको भ्रष्टाचाररहित समृद्ध र सनातन संस्कृति सहितको नेपालको पक्षमा दृढ छ।

मोहन कुमार श्रेष्ठ

प्रवक्ता एवं प्रचार विभाग प्रमुख

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal