आज :

जी सेभन सम्मेलनमा मोदीको जवाफ- रुसको विरुद्धमा जाँदैनौं, तेल आयत जारी राख्छौं

  • अनलाइन डबली

काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेनद्र मोदीले कसैको दवावमा आएर युक्रेन विवादमा नफस्ने बताएका छन् । उनले आफ्नो देश रुसविरुद्ध लगाइएको प्रतिबन्धका पक्षमा नरहेको समेत बताए ।

भारतीय संचारमाध्यमहरुका अनुसार जी सेभनको शिखर सम्मेलनमा जर्मनी पुगेका मोदीलाई रुसविरुद्ध लगाइएको प्रतिबन्धको समर्थनमा उभिन आग्रह गरिएको थियो । अमेरिकी राष्ट्रपतिसहित अन्य नेताहरुले युक्रेन मामलामा तटस्थ नबस्ने र रुसी तेल आयत बन्द गर्न समेत मोदीलाई आग्रह गरेका थिए ।

जवाफमा मोदीले युक्रेन घटनामा कसैको दवावमा आफ्नो धारणा नबलिने बताउँदै तेल आयात जारी राख्ने बताए । पश्चिमा देशहरुले भारतलाई पनि रुसविरुद्ध उभ्याउने प्रयास गरेका थिए । तर, मोदीले विभिन्न चरणमा भएका छलफलमा पनि आफ्नो नीतिमा परिवर्तन नहुने बताएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

भारत जी सेभनको सदस्य नभएपनि आमन्त्रित गरिएको थियो । आमन्त्रितको हैसियतमा मोदी जर्मनी पुगेका थिए । उनले रुससँग आफ्नो देशका पुरानो सम्बन्धलाई तोड्न नसकिने बताएको भारतीय संचारमाध्यमहरुले बताएका छन् ।

शिखर सम्मेलनमा अमेरिकाको प्रस्तावमा युक्रेनलाई थप घातक हतियार दिने र रुसमाथि थप कडा प्रतिबन्ध लगाउनेमा सात देशहरुबीच पनि मत बाँझिएको बताइएको छ । भारतलगायत आमन्त्रित नेताहरुले पनि रुसविरुद्धको अमेरिकी प्रस्ताव अस्वीकार गरेका छन् ।

उता रुसले जी सेभनको शिखर सम्मेलनकै पूर्वसन्ध्यामा रुसले युक्रेनमा हमला तेज बनाएको छ । उसले नयाँ संस्करणका अस्त्र समेत प्रयोग गरेको छ । रुसले आफ्नो मिसन पूरा नगरी युक्रेनबाट पछि नहट्ने स्पष्ट सन्देश दिन हमला तेज बनाएको बताइएको छ ।

केही दिन पहिले मात्रै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा देशहरुले आफ्नै नागरिकविरुद्ध गइरहेको बताएका थिए । उनले प्रतिबन्धले आफ्नो देशभन्दा पश्चिमा नागरिकलाई असर पर्ने बताए ।

त्यस्तै, संसदको रक्षा समितिका सदस्य तथा पूर्व जनरलले पश्चिमा देशहरुलाई अन्धकार, भोकमरीले छटपटिने बताएका थिए । उनले पश्चिमा देशहरु अझ अघि बढे आफ्नो क्षेत्रमा रडार सिस्टम लगाउने र पूर्वी यूरोपमा विजुली र अन्न सप्लाई रोक्ने चेतावनी समेत दिए । उनले

लिथुनियालाई बेलायतले प्रतिबन्ध लगाउन उक्साएको भन्दै तेस्रो विश्वयुद्ध भए आफ्नो देशले पहिलो हमला लण्डनमा गर्ने समेत चेतावनी दिएका थिए । उनले आफूहरुले आफ्नो बास्तविक तागत देखाउन बाँकी नै रहेको समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal