आज :

राजधानी आसपासमा वत्ती निभाउन जापान सरकारको आग्रह, यस्ताे छ कारण

  • अनलाइन डबली

काठमाडौं । जापान सरकारले राजधानी टोकियोसहित आसपासका बासिन्दालाई कम वत्ती बाल्न आग्रह गरेको छ ।

गर्मीका कारण माग बढेकाले आपूर्तिमा समस्या आउने भन्दै आर्थिक, व्यापार तथा उद्योग मन्त्रालयले अनावश्यक वत्तीहरु निभाउन आग्रह गरेको हो ।

सरकारको आग्रह अनुसार दिउँसो ३ बजेदेखि ३ घन्टाका लागि मानिसहरूले अनावश्यक वत्ती निभाउनु पर्ने छ । तर उनीहरुले गर्मीबाट बच्नका लागि एयर कन्डिसनको उचित प्रयोग गर्न भने पाउने छन् ।

टोकियोको तापक्रम ३५ डिग्री सेल्सियसभन्दा माथि पुगेको छ । राजधानीको उत्तरपश्चिममा रहेको इसेसाकी सहरमा ४०।२ डिग्री सेल्सियसको रेकर्ड देखिएको छ ।

यो जुनमा जापानको अहिलेसम्मकै उच्च तापक्रम थियो । यद्यपि विद्युत प्रदायकहरूले आपूर्ति बढाउन काम गरिरहेका पनि मन्त्रालयले जनाएको छ ।

जापानको उत्तरपूर्वी क्षेत्रमा मार्चमा गएको भूकम्पले केही आणविक उर्जा केन्द्रहरु सञ्चालनमा रोक लगाएपछि जापानको बिजुली आपूर्तिमा कमी आएको छ ।

जापानले कार्बन डाइअक्साइड उत्सर्जन घटाउने प्रयासमा धेरै पुरानो इन्धन प्लान्टहरू पनि बन्द गरेको छ । जसले गर्दा विद्युत आपूर्तिमा समस्या आउन सक्ने जापान सरकारको भनाइ छ ।

यसैबीच युक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो ।

यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रूसको प्रमुख निर्यात हो । रूसले अर्बौं डलर बराबरको सुन निर्यात गर्छ ।”

सुरुमा बेलायतले यस उपायलाई अघि सारेपनि जी–७ सदस्यहरू क्यानाडा, जापान र संयुक्त राज्य अमेरिकाले यसलाई पछ्याएका छन् ।

जर्मनीमा शिखर सम्मेलन आयोजना गरिरहेको जी–७ समूह अन्तर्गतका अन्य सदस्यले पनि मंगलबार यस बिषयलाई औपचारिकता दिने एक वरिष्ठ अमेरिकी अधिकारीले बताए ।

ह्वाइट हाउसका अनुसार, सन् २०२० मा सबै सुन निर्यातको लगभग पाँच प्रतिशत र रूसको उत्पादनको ९० प्रतिशत जी–७ राष्ट्रहरूमा थियो । यसमध्ये पनि सबैभन्दा बढी बेलायतमा गएको थियो ।

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal