आज :

१० महिनाअघि बिहे गरेका श्रीमान् खासमा महिला भएको थाहा पाएपछि यी युवती तीनछक

  • अनलाइन डबली

एजेन्सी । एक इन्डोनेसियाली महिलाले आफू समलिङ्गी विवाहको हिस्सा भएको भर्खरै थाहा पाएकी छिन् । उनले १० महिना अघि विवाह गरेका उनका श्रीमान् महिला भएको थाहा पाएपछि आफू तीन छक परेको बताएकी छिन् ।

एन ए भनेर चिनिने जाम्बी सहरकी २२ वर्षीया महिलाले आफ्ना श्रीमानलाई एक डेटिङ एपमा भेटेकी हुन् । उनी अहनफ अराफिफको रूपमा दर्ता भएका थिए र विदेशमा अध्ययन गरेका सफल डाक्टर भएको दाबी गरेका थिए ।

यी दुईबीच कुराकानी हुन थाल्यो । दुई हप्तासम्म डेटिङ गरेपछि अहनफ ती महिलासँग एक हप्ताका लागि बस्न आए । यो अवधिमा उनी निकै उत्कृष्ट व्यवहार देखाए ।

उनले युवतीलाई आफ्ना आमाबुबाको हेरचाह गर्न पनि मद्दत गरे, जो त्यतिबेला बिरामी थिए । त्यसैले जब एनएलाई विवाहको प्रस्ताव राखे, उनका अभिभावकले तुरुन्त आफ्नो आशिर्वाद यो जोडीलाई दिए ।

उनको र अहनफको विवाह भएलगत्तै एनए र उनको परिवारले ती युवक बारे अनौठा कुराहरू थाहा पाउन थाले । यसले उनीहरुलाई शंकालु बनायो ।

पहिलो यो थियो कि एनएले लाखौँ पटक आग्रह गर्दा पनि अहनफले उनलाई आफ्ना परिवार भेटाउन कहिल्यै लगेनन् । यसका साथै, उनको आरामको जीवन थियो । उनले आफूलाई डाक्टर भनेर चिनाइराख्दा आराम जीवनशैलीमा उनी रहनू, खासै मेल खादैनथ्यो ।

तर यी सबै कुरा खासै गम्भीर थिएनन् । एनएकी आमाले जुन कुरा निगरानी गरिरहेकी थिइन् ती साँच्चै नै बढी गम्भीर थिए । अहनफले कहिल्यै अरूको अगाडि आफ्नो लुगा फुकालेनन्, आफ्नी श्रीमतीले अगाडि पनि । र घरमा अरु भएका बेला उनले लुगा नै लगाएर नुहाएको पनि एनएकी आमाले याद गरेकी थिइन् ।

वर्ल्ड अफ बजको रिपोर्ट अनुसार एनएले आफ्नो श्रीमानको छातीमा गाँठोको कुरा गर्दा उनले ती हर्मोनको समस्याका कारण देखिएको बताएका थिए । शंकाको पहाड दिन प्रतिदिन बढ्दै थियो, उनकी आमालाई त्यो पहाडले थिच्लाजस्तो भएपनि एकदिन उनले अहनाफलाई आफू पुरुष भएको प्रमाण देखाउन माग गरिन् ।

यो भयानक अवस्थाबाट बाहिर निस्कन नसकेर अहनाफले आफ्नो लुगा फुकालिन् । एनएकी आमाले जे शंका गरेकी थिइन्, आखिर त्यहि भयो ।

अहनफले आफू वास्तवमा महिला भएको र आफ्नो वास्तविक नाम इरायनी भएको जानकारी दिइन् । उनले आफ्नाबारे लगभग सबै कुरा झुटो बोलेको र जागिरबारे पनि ढाँटेको बताइन् ।

तर एनएले जाम्बी जिल्ला अदालतमा पछिल्लो १० महिनादेखि वैवाहिक सम्बन्धमा रहेका श्रीमान् खासमा महिला भएको कुरामा आफूलाई रत्तिभर पनि शंका नलागेको बताइन् । आफूहरुले थुप्रै पटक यौन सम्बन्धसमेत स्थापित गरेको तर त्यतिबेला पनि कुनै आशंका नभएको उनले बताइन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal