आज :

लक्ष्मी सन्‌राइज बैंकले ब्रान्ड फिल्म ‘बचतको सम्मान र सही लगानी’ प्रस्तुत गर्दै

  • अनलाइन डबली

काठमाडाैँ । लक्ष्मी सन्‌राइजले आफ्नो नयाँ ब्राण्ड फिल्म ‘हाम्रो बचतको सही लगानी’ सार्वजनिक गरेको छ । २ मिनेट २० सेकेन्डको यस फिल्मले बैंकमा जम्मा हुने हरेक सानादेखि ठूला बचतले कसरी देशको उज्ज्वल भविष्यमा योगदान पुर्याउँछ भन्ने कुरा भावनात्मक रूपमा दर्शाएको छ ।

खुत्रुकेदेखि समुन्नती सम्मको यात्रा

फिल्मको पहिलो दृश्यमा एक बालिका आफ्नी आमाबाट बचत गर्न प्रेरित भएकी देख्न सकिन्छ | उनले जम्मा गरेको जस्तै स-साना बचत मिसिएर जलविध्युतजस्ता ठुला परियोजनाहरुमा लगानी भइ कुनै दुर्गम क्षेत्रमा एक विद्यार्थीले बिजुलीको प्रकाशमुनी पढ्न पाउँदछ । लक्ष्मी सन्‌राइज बैंकमा गरिएको बचतले कसरी परिवार, व्यवसाय र समग्रमा समुदायलाई सशक्त बनाउँदै साझा समृद्वितर्फ अघि बढाउँछ भनेर यस दृश्यले देखाएको छ ।

सफलताको गाथा बुन्दै

बैंकमा विश्वासका साथ जम्मा भएको रकम बैंकले ठुला परियोजना मात्र नभई साना परियोजनाहरुलाई पनि प्राथमिकता दिँदै विभिन्न कर्जाहरु प्रवाह गर्दछ । यस्ता कर्जाहरुले कुनै किसानको बाली फस्टाएको, कुनै उद्यमीको व्यवसाय सफल भएको तथा कुनै इलमीको नयाँ उद्यमको सुरुवातका कथाहरु पनि यस फिल्ममा समेटिएको छ ।

साझा समृद्विको उत्सव मनाउँदै

यस फिल्म मार्फत बैंकमा बचत गर्न किन जरुरी छ, बैंकमा गरिएको बचत कहाँ-कहाँ प्रयोग हुन्छ र यसले देश विकास तथा उद्यमीहरुको प्रवर्द्वनमा कस्तो र कसरी भूमिका खेल्दछ भन्ने देखाइएको छ; र बचत गर्नु हुने बैंकका ग्राहकहरु नै देशको समृद्धिको सारथी भएको कुरा प्रतित गराइएको छ ।

तसर्थ, यस फिल्मले बचत तथा बैँकिङलाई साझा समृद्वितर्फको यात्राको रूपमा पुन: परिभाषित गर्ने लक्ष्मी सन्‌राइजको प्रतिबद्वतामा सहभागी हुन सबैलाई प्रेरित गर्दछ ।

ब्रान्ड फिल्म यहाँ बाट हेर्न सक्नुहुनेछ: https://youtu.be/7uIsfOlEB8o.

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal