आज :

न्यूरोड क्षेत्रमा सडक साँगुरो गरि फुटपाथ विस्तार गर्ने काम तत्कालको लागि रोक्यो ,यस्तो छ कारण

  • अनलाइन डबली

काठमाडौं। काठमाडौँ महानगरपालिकाले  न्यूरोड क्षेत्रमा सडक साँगुरो गरि फुटपाथ विस्तार गर्ने काम तत्कालको लागि रोकेको छ ।  सम्बन्धमा अध्ययन प्रतिवेदन बनाउने सहमति भएको छ ।

वडा नं २२ का अध्यक्ष चिनिकाजी महर्जनले सोमबार महानगरपालिकासँग बसेको बैठकमा नगर योजना आयोग (सीपीसी) का उपाध्यक्ष सुमन राजभण्डारीको संयोजकत्वमा वडा नं २२, २३ र २४ का वडाध्यक्षहरु सदस्य रहने गरी यस सम्बन्धि अध्यन प्रतिबेदन बनाउने सहमति भएपछी बिबादित स्थानको  फुटपाथ विस्तारको काम तत्कालको लागि रोकेको हो ।

प्रमुख व्यापारिक क्षेत्र रहेको नयाँ सडक (न्युरोड )को  भूगोल, सामाजिक, आर्थिक अवस्थाको जानकारी राख्ने अगुवाहरुको सहभागीतामा अध्ययन प्रतिवेदन तयार गरिने अध्यक्ष चिनिकाजी महर्जनले बताउनुभयो ।  उहाँले अध्ययन प्रतिवेदन बनाउने सहमतिले विकासको कार्य जनभावनाअनुरुप गर्नुपर्छ भन्ने सन्देश प्रवाह भएको बताउनुभयो ।  शुक्रबार देखि स्थानीय ,जनप्रतिनिधि र महानगर बीच चुलिएको फुटपाथ विस्तारको बिषय सेलाएको छ, भने  मंसिर २ गतेसम्म फुथपात बिस्तार स्थगित भएको छ ।

वडा अध्क्षय महर्जनले यो जनताको पक्षय्मा उठेको आवाजको जित भएको बताउदै भने  , “ सामान्यतया, कुनै पनि विकासको काम कसरी गर्नुपर्छ भन्ने कुराको सिकाइको स्थापित मात्र नभई नजिर भएको छ । जनताले मागेको, जनतालाई आवश्यकता नभए/ अस्विकार गरेका कथित विकास जनताले अस्वीकार गरेको छ” उहाँले आगामी दिनमा सोही अध्ययन प्रतिवेदनअनुरुप अगाडि बढ्ने बताउनुभयो । वडा नं २४मा पर्ने जुद्दा सालिक  इन्द्र चोक क्षेत्रको  सडक पेटी बिस्तारको काम भने निरन्तरता हुने छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal