![](https://onlinedabali.com/wp-content/uploads/2024/07/kiran-dharmendra-dabali.jpg)
काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल विभाजन भएको छ । सहसंयोजक धर्मेन्द्र बास्तोलाले मंगलबार एक विज्ञप्ति जारी गरेर एकता असफल भएको घोषणा गरेका छन् ।
तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) र नेपाल कम्युनिस्ट पार्टी (बहुमत) बीच २०८० बैशाख १८ गते एकता भएको थियो । एकतापछि पार्टी नाम क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल राखिएको थियो । यो पार्टी एकता भएको दुइ बर्ष मै विभाजन भएको छ ।
सहसंयोजक धर्मेन्द्र बास्तोला ‘कञ्चन’ जारी गरेको विज्ञप्तिमा दुईवटा उद्देश्य पूरा गर्न एकता भएको र एकता एक बर्षसम्म पनि दुबै उद्देश्य नभए बताएका छन् । त्यस्तै, बास्तोलाले हालै सम्पन्न महाधिवेशन आयोजक समितिको बैठकमा भएको छलफललाई संयोजक मोहन वैद्य ‘किरण’ आफूखुशी विज्ञप्ति जारी गरेको बताएका छन् ।
‘केन्द्रीय समितिको वैठकमा व्यापक बहस भएर तल्ला कमिटीहरूमा समेत फरक दस्तावेजहरूलाई पठाउने भन्ने महाधिवेशन आयोजक समिति र केन्द्रीय कार्यालयको निर्णय बिपरित कमरेड संयोजकबाटै सल्लाह नै नगरेर यसरी विषयवस्तु जबर्जस्त थोपर्नु बहसलाई अमर्यादित बनाउनु र अनुसन्धानलाई अस्विकार गर्नु हुन जान्छ । यहाँ के कुरा पनि स्पष्ट पार्नु उचित हुन्छ भने दुई बर्ष लामो बहसको यो समग्र प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा व्यक्त हुँदै आएको अवरोधजन्य कार्यशैलीको यो निरन्तरता मात्र हो । कुनै न कुनै रुपमा यो दृष्टिकोण र चिन्तन पद्धतिको समेत सिमा हो । हामीले आफैँलाई नढाँटेर भन्ने हो भने यो बेला रुपान्तरण र बहसको प्रमुख आवश्यकता तल्ला निकायमा नभएर माथिल्ला निकायमा र प्रमुख नेतृत्व तहमै हो’ जारी विज्ञप्तिमा भनिएको छ ।
बास्तोलाले माथिल्लो निकायबाट हुने गलत तरिकाको अवलम्बनले तल्ला कमिटीहरूमा अस्वस्थता पैदा गर्ने र त्यसले कमरेडहरूकाबीच रुपान्तरणका लागि सहयोग गर्ने भन्दा पनि पुर्बाग्रह र बदलाभावतिर प्रेरित गर्ने बताउँदै एकता आज सफल नभए भोली सम्भव छ तर, अनावश्यक हुने तिक्तताले आन्दोलनलाई लामो समयसम्म नोक्सान गर्ने बताए । उनले दुई बर्षको अवधिमा एकतालाई सुदृढ गर्न हाम्रो तर्फबाट भएका कैयौँ प्रयत्नहरूका बाबजुद हामी सफल हुन नसकेको बताउँदै एकता प्रक्रिया असफल भएको घोषणा गर्न बाध्य भएको बताए ।
यस्तो छ विज्ञप्तिः