आज :

पशुपतिको जय बागेश्वरीमा आज ‘मचातिया त्रिशुल जात्रा ’ हुदै , आख्यान सहित

  • बुद्धशरण शाही

काठमाडौँ । काठमाण्डौको देवपतन र पशुपतिको जय बागेश्वरीमा आज  ‘मचातिया त्रिशुल जात्रा ’   हुँदैछ । जय वागेश्वरीभन्दा केही माथि रहेको सत्तलबाट दुई बालिका र एक बालकलाई त्रिशुलले रोपेको स्वरूप  जस्तो देखिने गरेर खटमा राखेर नगर परिक्रमा गरेर त्रिशुल जात्रा मनाउने गरिन्छ ।

वागेश्वरीबाट शुरू हुने यस जात्रामा दायाँ बायाँ दुई बालिका राखिन्छ भने बीचमा बालक राख्ने गरिन्छ । यो जात्रा राजा यक्ष मल्लले नेपाल सम्बत् ६ सय ३४ देखि चलाएको मानिन्छ ।

 

आख्यान यस्तो छः

नागर्जुन पहाडको राक्षसले फल देवपत्तन पाशुपत क्षेत्रका केटाकेटीलाई जबर्जस्ती लुटेर लाने र बीभत्सरूपले हत्या गरी खाने गर्दथे । राक्षसबाट आजित गोल( पशुपति ) वासीले पनि भुवनेश्वरीका पूजारी भूमि आचाजूको सल्लाहअनुसार उसैका छोराछोरी ल्याई , तन्त्रबलको प्रभावमा हत्या गरी , त्रिशूल घोपी , देश परिक्रममा गरी प्रतिशोध साँधेछन् । भनिन्छ , राजा अमर मल्लको नागार्जुन राक्षसको भय बेहोर्नुपरेन । उनको राज्यकालमा पाशुपत क्षेत्रका अष्टमातृका देवी जगाई मचातिया जात्रा चलाएपछि देशवासीले कहिल्यै अनिष्ट भएन । मचातिया जात्रामा मङ्गलेश्वरी , भुवनेश्वरी , जयवागेश्वरी , वत्छलेश्वरीका साथ जात्रामा मुसल , त्रिशूल , बलि , छुरा , पास आदिको खट बनाएर कुमार – कुमारीलाई त्रिशूलले खोपी देश परिक्रममा गराइन्छ । प्रत्येक वर्ष असार शुक्लपक्ष भलभलाष्टमीका दिन श्रेष्ठ थरका नेवारको नेतृत्वमा हुने मचातिया जात्राका लागि वैशाखशुक्ल पूर्णिमा बुद्ध जयन्तीका दिन जयबागेश्वरी देवीको वर्षवर्द्धन पूजाको रात कुमार – कुमारी छान्ने परम्परा छ ।

नौ जात जातिको संयोजनमा बस्ति बसालिएको गोल दे ( पशुपति ) मा नौ  जातका नेवारद्वारा चार दिनसम्म चलाइने यस जात्रामा पशुपति भुवनेश्वरीबाट अझै खटमा लासरूपी छुट्टै खट पनि निकालिन्छ । भण्डारी विशेष धरका श्रेष्ठ जातको नेतृत्वमा निकालिने लास जात्राको पछि – पछि काठमाडौंवासीलाई गाली गर्दै नगर परिक्रमा गराउने परम्परा छ ।

अर्को आख्यानअनुसार एक समय पशुपति क्षेत्रका अष्टमातृका पीठमध्ये एक भुवनेश्वरी मन्दिरमा पूजा गर्न भूमि आचाजू हिँडिरहेको बेला छोरा पछि – पछि आइरहेको पुजारीलाई थाहा भएनछ । पूजा सकिएपछि तिम्रो पछाडि आइरहेकोलाई मेरो लागि बलि देऊ है त भनी बाचा गराउँदा पछाडि हेर्दै नहेरी हुन्छ भनिदिएछन् । बलि दिन यसो पछाडि हेर्दा आफ्नै छोरो देखेपछि आत्मग्लानि गर्दै बाचा मुताबिक आफ्नै छोराको बलि दिएछन् । देवीसामु छोरो बचाइदिन आग्रह हुँदा देवीले अमूक स्थानबाट अमृतघडा ल्याइदिए छोरो बाँच्ने बताइछन् । छोरा बचाउने अमृत घडा लिन भूमे आचाजू देवस्थलको ढोका बन्द गरी अमूकस्थानमा गएको बेला आचाजूकी श्रीमतीले नियमविपरीत ढोका खोली हेरिछन् ।

मन्दिरभित्र छोराको लास देखेपछि भूमि आचाजू छोराको हत्या गरी भागेछन् भन्ने सम्झी काठमाडौंवासी माइती खलकको सहयोगमा छोराको सद्गत . गरिएछ । उता भूमि आचाजू अमृत घडा लिई हालको नयाँ बानेश्वर छक्कुबक्कु पुग्दा एक जना कुश्लेले तिम्रो छोरोको त लास जलाइसकियो भन्दा भूमि आचाजू रिंगटा लागी त्यही ढल्न पुगेछन् । भनिन्छ , अमृतको पडासहित भूमि आचाजू शिला समाधिमा परिणत भएको हुँदा आज पनि सो स्थानमा छक्कुबक्कु अजिमाको मन्दिर स्थापित छ । पतिको आदेशविपरीत आँगन देवता खोलेर हेरेको र पतिप्रति विश्वास नगरी माइती पक्षको ओढ ढाकेको भन्दै प्रत्येक वर्ष भलभला अष्टमीका दिन चातिया जात्रा अर्थात् बालकलाई त्रिशूलले घोपी गरिने त्रिशूल जात्रा गर्ने परम्परा हुँदै आइरहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal