आज :

न्यूरोडमा फुथपात बढाउने क्रममा मेयर बालेन्द्रले भ्रम फैलाउन खोजेको आरोप – बिज्ञप्ति सहित

  • अनलाइन डबली

काठमाडौँ ।काठमाण्डौका न्यूरोडका बासिन्दाहरुले पैदलमार्ग बढाउने क्रममा काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले भ्रम फैलाउन खोजेको आरोप लगाएका छन् । वडा नम्बर २२, २३ र २४ का स्थानीयले आइतबार संयुक्त विज्ञप्ति निकालेर यस्तो आरोप लगाएका हुन् ।

मेयर साहले आफु निकटका संचारकर्मीहरूलाई प्रयोग गरेर एकोहोरो ढङ्गले गलत प्रचारप्रसार गर्ने र राजनीतिक दलका नेताविरूद्ध गाली गर्दै अशोभनिय कार्य गरेको पनि स्थानीयको आरोप छ । पाटन उच्च अदालतको आदेशपछि महानगरले बुधबार बिहानदेखि सडकलाई साँगुरो गरि फुटपाथ चौडाई गर्ने काम अगाडी बढाएको थियो । महानगरपालिकाले २४ वडा इन्द्रचोक क्षेत्रको फुटपाथ बिस्तार पछी न्युरोडका अन्य स्थानमा पनि सडक साँगुरो गरि फुथ्पाथ बढाउन लाग्दा शुक्रवारदेखि स्थानीय सर्वसाधारण , जनप्रतिनिधि  र महानगरबीच विवाद चलिरहेको छ ।

नगरसभामा न्यूरोड पेटी सुधार शीर्षकमा प्रस्ताव गरिएको बजेट पुस्तिका आउँदा पेटी विस्तार छापेर आएको स्थानीय जनप्रतिनिधि २२ वडाका वडा अध्क्षय चिनिकाजी महर्जनले बताएका छन् । बजेट पुस्तिकामा फरक छापिएर आएसँगै सम्बन्धित तीन जना वडाअध्यक्षहरूले यस विषयमा महानगर प्रमुख र विभागीय कर्मचारीलाई प्रष्ट पारिदिन भनेको  विज्ञप्तिमा उल्लेख छ ।

त्यतिबेला महानगर कर्मचारीले अहिले बजेट विनियोजन मात्र रहेको र पछि वडासँग समन्वय गरेर मात्र काम शुरु गर्ने भनेर जवाफ दिएको तर एक्कासी वडा कार्यालयसँग समन्वय नै नगरी नगरसभाबाट पारित भैसकेकाले कार्यान्वयन गर्नुपर्ने अडान मेयरले लिएको आरोप स्थानीयको छ ।

त्यो योजना खारेज गर्न पालिकाका ४२ मध्ये ३८ जना सदस्यहरूले हस्ताक्षर गरी पत्र बुझाउँदा मेयर साहले स्वीकार गर्नुभएको पनि विज्ञप्तिमा उल्लेख छ । पेटी विस्तार जस्तो सामान्य विषयलाई राष्ट्रिय बहसको विषयको बनाएको भन्दै  न्युरोड क्षेत्रका तीनै वटा वडाका अध्यक्षहरूले आपत्ति जनाएका छन् ।

यस्तो छ बिज्ञप्ति –  

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal