आज :

युक्रेनलाई ईयूको सदस्य बनाउन प्रक्रिया सुरुः अबको युद्ध रुस-ईयूबीच, पुटिनले के भने ?

  • अनलाइन डबली

काठमाडौँ । युरोपेली आयोगले युक्रेनलाई युरोपेली सङ्घ (ईयू) को सदस्यता दिने प्रक्रिया सुरु गरेको छ । लामो समयदेखि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ईयूको दसस्यताको लागि आग्रह गर्दै आएका थिए ।

शुक्रवार युक्रेनलाई ईयूको सदस्य बन्न उम्मेदवारको हैसियत दिइएको छ । यो ईयूको सदस्य बन्ने पहिलो खुडकिलो हो । युरोपेली आयोगले अब युक्रेनले केही सुधारहरू गर्नुपर्ने र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्नुपर्ने सर्त राखेको बीबीसीले बताएको छ ।

युक्रेनको नीलो र पहेँलो रङको पहिरनमा उपस्थित भइ सम्बोधन गर्ने क्रममा युरोपेली आयोगकी अध्यक्ष उर्जुला फोन देर लेयनले युरोपेली सपनाका लागि युक्रेनीहरू मर्न तयार भएको बताएकी थिइन् । रुससँगको लडाइँ लडेकै कारण युक्रेनलाई ईयूको सदस्यता दिन लागिएको बताइएको छ ।

तर, यो औपचारिक उम्मेदवार भने होइन । औपचारिक रुपमा उम्मेदवार हैसियत दिने–नदिने निर्णय भने गर्न बाँकी नै छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले अर्को साता भेट्ने ईयू नेताहरूबाट आफूले सकारात्मक नतिजाको आशा गरेको बताएका छन् । औपचारिक रुपमा उम्मेदवार बनाएसँगै युक्रेन ईयूको सदस्य बन्ने पक्का हुनेछ ।

युक्रेनलाई ईयूको सदस्यता दिने तयारी थालेपछि रुसका राष्ट्रपति भ्लोदिमिर पुटिन नयाँ रणनीति बनाउन लागेका छन् । उनले युरोपेली नेताहरुलृ युरोपका जनताको वास्तविक स्वार्थलाई प्राथमिकतामा नराखेको बताए ।

शुक्रबारै रुसको सेन्ट पिटर्सबर्गमा आयोजित विश्व आर्थिक सम्मेलनलाई सम्बोधन गर्दै रुसी पुटिनले आर्थिक प्रतिबन्धहरू लगाउनेलाई नै बढ्ता हानिकारक भइरहेको बताए । पुटिनले रुसमाथि लगाइएका आर्थिक प्रतिबन्धहरूले गर्दा ईयूले ४०० अर्ब अमेरिकी डलर भन्दा धेरै रकम गुमाउन सक्ने बताए ।

युक्रेन घटनामा ईयूले जसरी आयो त्यसले उसले आफ्नो राजनीतिक सम्प्रभूता गुमाएको पुटिनले दाबी गरे । युक्रेनमा विशेष सैन्य कारबाही गर्न कठिन भए तापनि आफूहरूलाई त्यसका लागि बाध्य पारिएको बताउँदै पुटिनले भने, “विशेष कारबाहीका सबै लक्ष्यहरू निःसन्देह हासिल हुनेछन् ।”

युक्रेनलाई सदस्यता दिएमा रुसविरुद्ध औपचारिक रुपमा ईयू सदस्य देशहरुले युद्धमा सहभागी हुनुपर्नेछ । आफ्नो देशमाथिको हमलाको रुपमा लिएर युक्रेनको पक्षमा लागेर सेना परिचालन गर्नुपर्नेछ ।

योसँगै युक्रेन घटनाले नयाँ रुप लिनेछ । यो विश्वयुद्धको रुप लिन सक्नेछ । अहिले अस्त्र मात्रै दिएका देशहरुले सेना पठाउनेछन् । रुसको लागि निकै चुनौतीपूर्ण हुनेछ । रुसले आणविक हतियारको सहयोग लिनुपर्ने हुन सक्ने र यसले विश्वयुद्धको रुप लिन सक्ने विश्लेषण गर्न थालिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal