काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार केशव भुललाई विश्लेषणात्मक लेख तथा समाचार लेखेकै कारण ज्यान मार्ने धम्की दिएको भन्दै ध्यानाकर्षण भएको बताएको छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले प्रेस विज्ञप्ति जारी गर्दै विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्ताहरुले पत्रकार भुलको ज्यान मार्ने धम्की दिएको जानकारी प्राप्त भएको भन्दै प्रेसको अधिकार कुण्ठित पार्ने यस्ता घटनाको महासंघले निन्दा एवं भत्र्सना गरेको छ । घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाही गर्न र प्रेस तथा पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बद्ध निकायसँग महासंघले माग समेत गरेको छ ।
यसअघि महासंघकाे ललितपुर शाखा, उपत्यका प्रदेश समितिले पनि विज्ञप्ति जारी गरेर समाचारकाे विषयलाई लिएर ज्यान मार्ने धम्की दिएकाे भन्दै विज्ञप्ति जारी गरेर विराेध जनाएका थिए ।
यस्तो छ महासंघको विज्ञप्तिः



अनलाइन डबली





