आज :

अमेरिका र युरोपेली प्रतिबन्धका बाबजुद रुसको हात पार्यो यस्तो सफलता, सबै चकित

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनमा रुसले गरेको आक्रमणको सय दिन नाघिसकेको छ । अमेरिका र प्रमुख युरोपेली देशहरूले लगाएको प्रतिबन्धले रुसी अर्थतन्त्रमा धेरै नोक्सान पुर्‍याएको छ । जारी संकटका कारण धेरै देशले रुसबाट तेल र प्राकृतिक ग्यास आयात बन्द गर्ने निर्णय पनि गरेका छन् ।

तर, फिनल्याण्ड स्थित सेन्टर फर रिसर्च अन इनर्जी एन्ड क्लिन एयर (सीआरईए)ले गरेको अनुसन्धानअनुसार युक्रेनमा युद्ध सुरु भएदेखि नै रुस कुल ९८ अर्ब डलर आम्दानीसहित जीवाश्म इन्धनको शीर्ष निर्यातकर्ता बनेको छ ।

युरोपेली संघ रुसी तेल र प्राकृतिक ग्यासको शीर्ष आयातकर्ता बनेको छ । युक्रेनी सेनाका एक कमाण्डरले रुसी आर्टिलरीले युक्रेनी सेनाको पोजिसन ध्वस्त भएको बताएका छन् । उनले आफूहरुका हरेक मोर्चामा रुसी सेनाले हमला तिब्र बनाएको बताउँदै आफ्नो सेना हतोत्साहित भएको बताए ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार युक्रेनी सेनाको अपरेसनल ट्याक्टिकल समूह नर्थका कमान्डर दिमित्री क्रासिल्निकोभले युद्धमैदानबाट आफ्नो अवस्थाबारे जानकारी गराएका छन् । उनले युक्रेनी सेनाले लामो दूरीको आर्टिलरी प्रणालीको अभाव अनुभव गरिरहेको बताए ।

कमाण्डर दिमित्रीले आधा दिनमै रुसी सेनाका दुईदेखि चार हजार आर्टिलरी सेलहरु आफूहरुको पोजिसनमा खस्ने गरेको बताए । उनले युक्रेनी सेनाका हरेक पोजिसन ध्वस्त पार्दै रुसी सेनाले युद्धभूमिमा पूर्ण प्रभुत्व कायम गर्ने गरेको बताउँदै यस्तै अवस्था केही रहे आफूहरु हरेक मोर्चाबाट पछि हट्न बाध्य हुने बताए ।

त्यसैगरी क्रासिल्निकोभले रुसी सेनाको अगाडि युक्रेनका उम्दा लडाकूहरू पनि अडिग रहनबाट हतोत्साहित हुन थालेका बताए । उनले पैदल सेना हतोत्साहित हुँदा कम्ब्याट मिसनमा बाधा आउन थालेको बताए ।

पहिलो पटक युद्धमोर्चाबाट निरासाजनक कुरा गरेको कमाण्डर क्रासिल्निभोभले पश्चिमा देशहरुले आर्टिलरीसहित रुसी सेनासँग प्रतिवाद गर्ने ठूलो संख्यामा अस्त्र नदिए आफूहरुले हार्ने निश्चित भएको बताए ।

केही समयअघिसम्म युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भिडियो सन्देश दिँदै रुसको भारी मात्रामा क्षति भइरहेको जानकारी गराइरहेका थिए । तर, उनकै कार्यालयले दैनिक २ देखि ३ सय युक्रेनी सैनिकको मृत्यु भइरहेको जानकारी दिएको छ ।

यसैबीच युक्रेनको पूर्वी क्षेत्रमा पनि रुसी सेनाले भिषण हमला जारी गरेको छ । डोनबासको अधिकांश क्षेत्र रुसकै नियन्त्रणमा आइसकेको र केही ठाउँमा छिटफुट झडप भइरहेको रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसी संचारमाध्यमहरुका अनुसार मारियोपोलदेखि पूर्वीको सम्पूर्ण भूभाग रुसको नियन्त्रण आइसकेको बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal