आज :

भारतीय नौसेनाद्वारा समुद्री डाकुको कब्जामा रहेको जहाज मुक्त, २० जनाको उद्धार

  • अनलाइन डबली

काठमाडौं । भारतीय नौसेनाले सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको कब्जामा रहेको माछा मार्ने जहाज ‘अजिनी’लाई मुक्त गराएको छ । ४८ घण्टाभन्दा बढी समय सञ्चालन गरिएको समन्वित कारबाहीमार्फत जहाजमा रहेका सबै २० जना चालक दलका सदस्यलाई सकुशल उद्धार गरिएको भारतीय नौसेनाले जनाएको छ ।

नौसेनाका अनुसार घटनामा कसैको मृत्यु वा चोटपटक लागेको छैन । गत महिना सोमालियाको उत्तरपूर्वी तटनजिक सशस्त्र समुद्री डाकुहरूको समूहले उक्त जहाज कब्जामा लिएको थियो ।

समुद्री डाकुहरूले जहाजलाई अन्य व्यापारिक जहाजमाथि आक्रमण गर्न प्रयोग गर्न सक्ने जोखिम देखिएपछि भारतीय नौसेनाले कारबाही अघि बढाएको थियो । त्यसका लागि परिचालित युद्धपोतसँगै समुद्री निगरानी विमान परिचालन गरिएको थियो ।

निरन्तर निगरानीपछि नौसेनाले जहाजको अवस्थिति पत्ता लगाएर त्यसको गतिविधि नियन्त्रणमा लिएको थियो । जहाजलाई भाग्न नदिन गैरघातक उपाय अपनाइएको थियो । भारतीय वायुसेनाको सी–१७ विमानबाट सटीक हवाई अवतरणमार्फत नौसेनाका मरीन कमान्डोसमेत परिचालन गरिएको थियो ।

समन्वित सैन्य कारबाहीमार्फत जहाज नियन्त्रणमा लिएर समुद्री डाकुहरूको खतरा निष्प्रभावी बनाइएको र चालक दलका सबै सदस्यलाई सुरक्षित मुक्त गरिएको नौसेनाले जनाएको छ ।

भारतीय नौसेनाले यो सफल कारबाहीले जटिल समुद्री सुरक्षा चुनौती सामना गर्ने आफ्नो तयारी र विभिन्न सुरक्षा निकायबीचको प्रभावकारी समन्वयलाई पुष्टि गरेको बताएको छ । साथै, हिन्द महासागर क्षेत्रमा समुद्री सुरक्षाको पहिलो प्रतिक्रियादाता तथा भरपर्दो सुरक्षा साझेदारका रूपमा भारतको प्रतिबद्धता यसले पुनः देखाएको नौसेनाको भनाइ छ ।

नौसेनाले समुद्री यात्रुको सुरक्षा, अन्तर्राष्ट्रिय व्यापारका महत्त्वपूर्ण समुद्री मार्गको संरक्षण र हिन्द महासागर क्षेत्रमा सुरक्षित तथा स्थिर समुद्री वातावरण कायम राख्न प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal