
काठमाडौँ । दशरथ रंगशालामा शनिबार हुने भनिएको सांगीतिक कार्यक्रम रोकिएको गरिएको छ ।
आयोजक ओडीसी इन्टरटेन्टमेन्ट प्रालिका प्रबन्ध निर्देशक सिमान्त गुरुङका अनुसार स्थानीय तह चुनावका कारण टिकट बिक्रीमा परेको प्रभाव र वर्षात्का कारण हाललाई कार्यक्रम स्थगन गरिएको हो ।
भारतीय कलाकारहरुसँग छलफल गरेर अर्को मिति चाँडै तय गरिने आयोजकले जनाएको छ । कलाकारलाई पारिश्रिमक, लाइट, साउन्ड, स्टेजलगायतको खर्चमा नेपाली आयोजकले हालसम्म कम्तिमा ८ करोड रुपैयाँ खर्च भइसकेको जनाएको छ ।
कार्यक्रममा बलिउडका अभिनेता सलमान खानसहितका एक दर्जन कलाकार नेपाल आउने सम्झौता भएको थियो । कार्यक्रममा ३० हजार दर्शक सहभागी हुने अपेक्षा आयोजकले राखेको छ।
कार्यक्रमका लागि ४ थरीको टिकट विक्री गरीने भएको छ। जसमा ५ हजार, १० हजार,१५ हजार र २५ हजार दरको टिकट विक्री हुनेछन्।यी टिकट चाँडै नै स्वदेश तथा विदेशका दर्शकको सहजताका लागि डिजिटल वालेटमार्फत बिक्री खुला गरिनेछ।
कार्यक्रममा बलिउड कलाकार खानअघि नेपाली कलाकारको लाइनअप प्रस्तुति हुने छ।भने एक दर्जन हाराहारीका नेपाली कलाकारको करिब डेढ घण्टा प्रस्तुति रहनेछ।
त्यसपछि सलमान खानसहितका बलिउड कलाकारको प्रस्तुति रहनेछ। यस्तो कार्यक्रम २०७४ सालमै गर्न खोजिएपनि कोरोनाका कारणले नसकिएको भन्दै आयोजकले पुनः दर्शकको चाहनालाई पूरा गर्न लागेको आयोजकले बताएको छ।