आज :

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध क्रान्तिकारी माओवादीले बालुवाटार घेराउ गर्ने

  • अनलाइन डबली

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध संघर्षका कार्यक्रम घोषणा गरेको छ । मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी मूल्यवृद्धि फिर्ताको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउनेदेखि प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने जानकारी दिइएको छ ।

क्रान्तिकारी माओवादीको बागमती प्रदेशका सेक्रेटरी प्रवेशले विज्ञप्तिमा चुनाव सकिएपछि सरकारले दुई पटक पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको बताएका छन् ।

“चुनावको सकेको भोलिपल्ट बैशाख ३१ गते नेपाल आयल निगमले पेट्रोलियम पदार्थको प्रतिलिटर रु. १० का दरले मूल्यवृद्धि गरी जनताको ढाड सकाएको विरोधको स्वर मत्थर हुन नपाउँदै जेठ ९ गते पुनः पेट्रोलियम पदार्थको प्रतिलिटर १० दरले र ग्यासको प्रतिसिलिण्डर २ सय का दरले मूल्य वृद्धि गरिएको छ । यसले ढुवानीको भाडा बढाउने र सबै उपषेग्य सामाग्री तथा बस्तुमा महंगी ह्वत्तै बढाएर जनताको ढाड सेक्ने काम गर्दछ । बर्ष दिनमा प्रतिक्रियावादी संसदीय सरकराले पेट्रोलियम पदार्थमा झण्डै दोब्बर भाउ बढाएर जनताको हुर्मत लिने काम गरेको छ” विज्ञप्तिमा भनिएको छ ।

कार्यक्रममा बोल्दै पार्टीका स्थायी समिति सदस्य दिनेश शर्माले आफ्नो पार्टीले राष्ट्रियता, महंगी लगायतका विषयमा संघर्ष गर्दै आएको बताउँदै हालै बढाएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता नलिए संघर्ष संघर्ष चर्काउने बताए । उनले मूल्यवृद्धि र महिलामाथि भइरहेका यौन हिंसाको विरुद्ध आफ्नो पार्टी संघर्षमा उत्रिएको बताए ।

पत्रकारको प्रश्नको जवाफ दिँदै शर्माले आफ्नो पार्टीले सरकारका गलत रवैयाको भण्डाफोर तथा विरोध गर्दै आइरहेको बताउँदै प्रदेशका सबै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र दिने र यही जेठ १७ गते प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्ने जानकारी समेत दिए । उनले महंगीले हैरानी भइरसकेको बताउँदै शर्माले मूल्यवृद्धि फिर्ता नलिए सम्पूर्ण जनता सडकमा आउने र आन्दोलनको आँधीबेहरी आउन सक्ने बताए । सडकमा आउनेको संख्या थोरै देखेर सरकारले मनपरी गर्दै गए त्यसको परिणाम महंगो हुने चेतावनी समेत शर्माले दिए । सत्यको पक्षमा बोल्ने सुरुमा थोरै हुने समेत उनले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal