आज :

आज सरकारको नीति तथा कार्यक्रम आउँदै, कृषि र उद्योग पहिलो प्राथमिकतामा

  • अनलाइन डबली

काठमाडौं । सरकारले आज आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याउँदैछ । सरकारका तर्फबाट आज राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्ष २०७९/८०को नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । त्यसको लागि संघीय संसदको संयुक्त बैठक बस्दैछ ।

अर्थमन्त्री प्रभाकरले आन्तरिक उत्पादन वृद्धिसहित आयात प्रतिस्थापन रआगामी आर्थिक वर्षमा विदेशी लगानी भित्र्याउन सहज वातावरण बनाउने, निजी क्षेत्रमैत्री नीति ल्याउने, करको दायरा विस्तार गर्नेदेखि स्वदेशमै उत्पादन सम्भव भएको कृषिजन्य वस्तुको उत्पादन बढाउने पर्ने बताउँदै आएका विषयलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिइएको छ ।

त्यस्तै, कृषि र उद्योग प्रर्वद्धन गर्दै तुलनात्मक लाभका क्षेत्रलाई सरकारले सम्बोधन गर्ने र राष्ट्रिय गौरव र राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा स्रोतको कमी हुन नदिने गरी नीतिहरु कार्यक्रममा समेटिएको बताइएको छ । त्यस्तै, अनुत्पादक क्षेत्रमा खर्च कटौती गर्ने र सेवा प्रवाहलाई सूचना प्रविधिमा आधारित बनाइने समेत अर्थमन्त्रीले बताउँदै आएका छन् ।

आगामी आर्थिक वर्षमा साधाराण (चालु) खर्चमा २० प्रतिशतसम्म कटौती गर्ने तयारी छ । यसका लागि सबैजसो मन्त्रालयलाई खर्च कटौतीका लागि तयार रहन अर्थ मन्त्रालयले भनिसकेको छ । नीति तथा कार्यक्रममार्फत सरकारी खर्च कटौतीका योजनाहरु पनि नीति तथा कार्यक्रममा समावेश गरिएको छ । नीति तथा कार्यक्रमलाई सरकारले अन्तिम रुप दिइसकेको छ ।

विभिन्न विषयगत मन्त्रालय, निकाय र संघ संस्था तथा निजी क्षेत्रसहित सरोकारवालाहरुसँगको छलफलका आधारमा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइएको अर्थमन्त्रालयले जनाएको छ । अर्थ मन्त्रालयको तयार गरेको मस्यौदालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले पनि पुनरावलोकन गरिसकेको छ । मंगलबार मन्त्रिपरिषदको बैठकले पारित गरेपछि राष्ट्रपति भण्डारीले संसदमा नीति तथा कार्यक्रम संसदमा पेश गर्नेछिन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार कषि र उद्योगलाई पहिलो प्राथमिकता दिइएको छ । ‘विदेशी मुद्राको सञ्चिति बचाउन तीव्र दबाव भएकाले आगामी वर्ष सरकारले अन्तरिक उत्पादनको बढोत्तरी, आयात प्रतिस्थापन र कृषि र उद्योग क्षेत्रलाई नीति तथा कार्यक्रममा प्राथमिकता दिने योजना मन्त्रालयले बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal