
काठमाडौँ । “भूमि अधिकार संरक्षण” समितिको बैठकमा खोला मापदण्डको बारे छफल भएको छ । हिजो जेष्ठ १५ गते बिहिबार बिजेश्वरि स्थित ज्यापु महागुथिको भवनमा महागुथिका केन्द्रिय अध्यक्ष सत्यनारायण डंगोलको प्रमुख आतिथ्यमा खोला मापदण्डको बारे छफल गर्न बैठक बसेको हो ।
बैठकमा आउँदो असार १२ गते सर्वोच्च अदालतमा परेको खोला मापदण्डको पेशि बारे छलफल तथा खोला मापदण्डबाट स्थानीयजनमा परेको प्रभाव तथा दीर्घकालीन असर बारे गहन छलफल भएको छ ।
आगामी दिनमा पनि निरन्तर विभिन्न कार्येक्रम तथा सडक संघर्ष गर्न पुर्व तैयारीमा रहेको समितिले पुनः अध्यक्ष श्याम कृष्ण प्रजापतिको नै संयोजकत्वमा सचिबालय समिति गठन गरि गैरन्यायिक खोला मापदण्ड विरुद्ध अभियान चलाउने निर्णय सहित सचिवालय बैठकको निर्णयमा निरन्तर तथा संगठित भै अघि बढ्ने निर्णय भएको समितिले जनाएको छ ।
समितिले काठमाडौँ उपत्यका भित्रका प्रमुख नदिहरुमा पहिले कायेम भएको २० मिटर बात बढाएर थप २० मिटर मापदण्ड कयेम गरिएको फैसला बिरुद्द संघर्ष गर्दै आएको छ।