आज :

अध्यक्ष अर्याललाई संस्थागत पुरस्कार

  • अनलाइन डबली

काठमाडौं । नेपाल पत्रकार महासंघ काठमाडौं जिल्ला शाखा अध्यक्ष शाेभा अर्याल गणतन्त्र दिवस २०८२ को अवसरमा बागमती प्रदेश सरकारले दिने संस्थागत पुरस्कारबाट पुरस्कृत भएकि छिन।

संस्था र मिडिया विकासको लागि स्थानीय सरकार ,प्रदेश सरकार र केन्द्र सरकारलाई विभिन्न माग राखि ध्यानाकर्षण पत्र बुझाउने र तिनै तहका सरकार मिडिया मैत्री बन्नु पर्छ भन्ने अभियान लिएर हिडेकी अर्याललाई उक्त पुरस्कार प्रदान गरिएको हाे ।

अध्यक्ष अर्याल पत्रकार महासंघ वागमती प्रदेशका तेह्र जिल्लामा एक मात्र निर्वाचित महिला अध्यक्ष हुन्। उक्त अवसरमा अर्याल सहित सात जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गरेको छ ।

प्रदेश सरकारले मकवानपुरका प्रताप बिष्ट, काठमाडौंका कुमारभक्त रजिञ्तकार (नेपालमा भाषामा समाचार तथा कार्यक्रम सञ्चालन गर्ने),धादिङका नवराज छत्कुली,चितवनका नेपोलियन चेपाङ, सिन्धुपाल्चोककी अस्मि तामाङ , नुवाकोटका रामचन्द्र अर्याल पनि पुरस्कृत भएका हुन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal