आज :

काठमाडौँमा सिर्जना सिंहको अग्रता, केशव स्थापित पछारिँदै

  • अनलाइन डबली

काठमाडौँ । काठमाडौँमा महानगरपालिकाको जारी मत गणनामा सत्ता गठबन्धका उम्मेदवार सिर्जना सिंहले अग्रता लिएकी छन् । शनिबार राति भएको गणनामा सिंहले केही समय अग्रता लिएकी हुन् । योसँगै सिर्जनाले नेकपा एमालेका उम्मेदवार केशव स्थापितसँगको मतान्तर घटनाएकी छन् ।

सिर्जनाले स्थापितसँगको मतान्तर घटाएपनि सुरुदेखि अग्रता लिएका बालेन साहसँगको मतान्तर पनि घटेको छ । शुक्रबारसम्म बालेनसँग सिर्जनाको मतान्तर झण्डै दोब्बर बढी थियो भने अहिले केही घटेको छ । सिर्जनाले शनिबार रातिसम्म १६ हजार २२४ मत ल्याएकी छन् भने स्थापितले १६ हजार ५२७ मत पाएका छन् । अब स्थापित र सिर्जनाको मतान्तर ३ सयको मात्रै रहेको छ । स्वतन्त्र बालेन्द्र साहले ३१ हजार १५ मत प्राप्त गरेका छन् ।

जार मत गणनामा अब केही समय सिर्जनाले अग्रता लिएपछि स्थापित पछि पर्ने देखिएको छ ।

यसैबीच हेटौँडा, नेपालगञ्ज, घोराही, कलैया र जितपुर सिमराको नतिजा सार्वजनिक भइसकेको छ भने बाँकीमा मत गणना जारी छ ।

हेटौँडामा मेयरमा एकीकृत समाजवादी र उपमेयरमा नेपाली कांग्रेस, नेपालगञ्जको मेयरमा कांग्रेस र उपमेयरमा जसपा, कलैयामा मेयर र उपमेयर दुवैमा एमाले, दाङको घोराहीमा पनि मेयर र उपमेयरमा एमाले तथा बाराको जितपुर सिमरामा मेयरमा माओवादी र उपमेयरमा एमाले विजयी भएका हुन् ।

बुटवलमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, इटहरीमा मेयरमा कांग्रेस र उपमेयरमा एमाले, धरानमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, धनगढीमा मेयरमा स्वतन्त्र र उपमेयरमा माओवादी, तुलसीपुरमा मेयर र उपमेयरमा एमाले, जनकपुरधाममा मेयरमा स्वतन्त्र र उपमेयरमा कांग्रेसको अग्रता छ ।

मतगणना भइरहेका बुटवल, इटहरीमा सत्ता गठबन्धनले अग्रता लिएको छ भने धरान, धनगढी र जनकपुरधाममा स्वतन्त्र उम्मेदवारको अग्रता छ भने तुलसीपुरमा नेकपा एमालेको अग्रता छ । बुटवलमामा गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका खेलराज पाण्डेयले २५ हजार ६ सय १२ मतका साथ लिड गरिरहेका छन् । उनले नेकपा एमालेका बाबुराम भट्टराईले १८ हजार ६ सय ५९ मतका साथ पछाइरहेका छन् ।

त्यसैगरी इटहरी उपमहानगरपालिकामा  गठबन्धनका उम्मेदवार हेमकर्ण पौडेलले २६ हजार ६ सय ५२ का साथ अग्रता लिएका छन् भने नेपका एमालेका यामकुमार चुम्वाङ सुब्बा २२ हजार ५ सय ८० मत पाएर दोस्रो स्थानमा रहेका छन् ।

त्यस्तै धरान उपमहानगरपालिकामा स्वतन्त्र हर्कराज राईले १२ हजार ९५ का साथ अग्रता लिइरहेका छन् भने नेपाली कांग्रेस किशोर राईले १० हजार ७ सय ८१ मत पाएका छन् । त्यस्तै नेकपा एमाले मञ्जु भण्डारी सुवेदीले ८ हजार ७ सय ३९ प्राप्त गरेकी छन् ।  धनगढीमा स्वतन्त्र गोपाल हमालले २१ हजार ८१ लिड कायमै राखेका छन् भने कांग्रेसका नृपबहादुर वडले १० हजार ४ सय ५७ मत पाएका छन् । यो दोब्बर बढी हो ।

उता तुलसीपुर उपमहानरपालिकामा नेकपा एमालेका टीकाराम खड्काले १० हजार ६ सय ५ मतका साथ लिड गरिरहेका छन् भने नेपाली कांग्रेस गेहेन्द्र गिरीले १० हजार ५ सय ३४ ले पछि छन् । खड्का र गिरीको मतान्तर १ सय भन्दा पनि कम छ । त्यस्तै, जनकपुरधाम उपमहानगरपालिकामा स्वतन्त्र मनोजकुमार साह सुड्डीले ७ हजार ७ सय ८ मत साथ लिड गरिरहेका छन् भने नेकपा एमालेका शिवशङ्कर साह ५ हजार २ सय ८० मतका साथ दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal