
गोरखा । गोरखाको पालुङटारमा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार अगाडि छन्। यहाँ जसपा र नेकपा एमालेले चुनावी तालमेल गरेका थिए।
जसपाका मेयर उम्मेदवारले अहिलेसम्म २५५ मत ल्याएका छन्। यहाँ नेपाली काँग्रेसका मेयर उम्मेदवारले १९१ र नेकपा माओवादी केन्द्रका मेयर उम्मेदवारले १६४ मत ल्याएका छन्।
उपमेयरमा काँग्रेसका उम्मेदवारले १८८ र नेकपा माओवादी केन्द्रका उम्मेदवारले १६९ तथा नेकपा एमालेको उम्मेदवारले ६२ मत ल्याएका छन्। पालुङटार जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईको गृहनगर हो।
यस्तै मोरङको कानेपोखरी गाउँपालिका र उर्लाबारी नगरपालिकामा एमालेले अग्रता लिएको छ । ग्रामथान र मिक्लाजुङ गाउँपालिकामा भने नेपाली कांग्रेसले अग्रता लिएको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार ग्रामथानको अध्यक्षमा कांग्रेसका जयप्रकाश गच्छदार थारुले ८७ र एमालेका शिवनारायण माझी थारुले ५४ मत ल्याएका छन् । उपाध्यक्षमा कांग्रेसकी भुखनीकुमारी थारुले ६८ र एमालेकी गुणवतीदेवी थारुले ६४ मत ल्याएका छन् ।
मिक्लाजुङको अध्यक्षमा कांग्रेसका बबिकुमार राईले १०५ र एमालेका नरेन्द्रप्रसाद ढुंगेलले ७९ मत ल्याएका छन् । उपाध्यक्षमा माओवादीका दिनेश पौडेलले ७२ र एमालेकी निर्मला राईले २४ मत ल्याएका छन् ।
मोरङको कानेपोखरी गाउँपालिकामा २ हजार ४०० मत गणना गर्दा एमालेले अग्रता लिएको छ । एमाले उम्मेदवार राजमति इङनामले ९६७, कांग्रेस उम्मेदवार सञ्जय भट्टराईले ६०७ र माओवादी उम्मेदवार सूर्यबहादुर धिमालले ४३२ मत प्राप्त गरेका छन् ।
उपाध्यक्षमा एमालेका भोला अधिकारीले १०२४, कांग्रेसकी मनु गुरुङले ७४८ र माओवादीकी तारा ओझाले ६६८ मत प्राप्त गरेका छन् । त्यस्तै बागलुङको ताराखोला गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवारले अग्रता लिएका छन् ।
सुरुवाती ५०० मत गणना हुँदा माओवादी केन्द्रका अध्यक्षका उम्मेदवार धनबहादुर विकले २९४ मत ल्याएका छन् । दोस्रो स्थानमा रहेका स्वतन्त्र उम्मेदवार प्रकाश घर्तीले ९४ र नेकप एमालेका उम्मेदवार ऋषिराम घर्तीले ५२ मत पाएका छन् ।
उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर रोकाले २९६ मत पाएका छन् । एमाले उम्मेदवार थममाया घर्तीले १०२ मत पाएकी छन् ।