आज :

तालिबानद्वारा महिलालाई बुर्का लगाउन फेरि आदेश, नमाने परिवारका पुरुष अभिभावकलाई कारबाही

  • अनलाइन डबली

काठमाडौं । अफगानिस्तानमा तालिबान सरकारले फेरि महिलाहरुलाई सार्वजनिक स्थानहरूमा अनुहार पूरै ढाक्ने गरी बुर्का लगाउन आदेश दिएको छ । बीस बर्षपछि पुनः सत्तामा आएको तालिवानीहरु सुरुका केही दिनहरुमा केही लचिलो देखिएपनि फेरि कठोर बन्दै गएका छन् ।

सत्तामा आउनुअघि महिलाहरुलाई विद्यालाय जान दिने र अनुहार छोप्नेगरी बुर्का लगाउन नपर्ने कुरामा सहमत तालिवानीहरु एक बर्ष बित्न नपाउँदै आफ्नो पुरानै शैली दोहोर्याएका छन् ।

बीबीसीका अनुसार नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालयले प्रतिबन्ध लगाएको हो । यो आदेश कार्यान्वयन नगर्ने महिलाका श्रीमान् वा पुरुष अभिभावकहरूलाई जेल सजाय सहितका कारबाही गर्ने चेतावनी दिइएको छ।

तालिबानहरूले पुनः सत्तामा आएपछि महिलाहरूले स्कूल जान पाउनु पर्ने र बुर्काको विरोध गर्दै विरोध प्रदर्शन पनि गरिएका थिए । उक्त विरोधलाई तालिवनाले दमन गरेर दबाएको आरोप पनि लागेको छ । कतालिबानको पछिल्लो कदमलाई महिलाहरूको स्वतन्त्रतालाई थप कुण्ठित गर्ने उनीहरूको प्रयासका रूपमा हेरिएको छ।ङ्क

नैतिक आचरणमाथि नियमन गर्ने तालिबान मन्त्रालय हालैका सातामा सक्रिय बन्दै गएसँगै महिलाहरुमाथि थप प्रतिबन्ध लगाइएका छन् । उक्त मन्त्रालयले महिलाहरूलाई पुरुषबिना एक्लै लामो दूरीको यात्रा गर्न रोक लगाएको छ एवम् महिला र पुरुषलाई एकै समयमा पार्कमा जान रोक लगाएको छ।

बीबीसीका अनुसार कुनै महिलाले बुर्का नलगाएको अवस्थामा पहिलो चरणमा बुर्का नलगाउने महिलाको घर पहिचान गरी उनको परिवारका पुरुष सदस्यहरूलाई सुझाव दिइने छ। फेरि पनि उक्त निर्णय पालना नगरिएको खण्डमा पुरुष अभिभावकलाई मन्त्रालयमा बोलाउनेदेखि अदालतसम्म लगेर कारबाही गर्नेसम्म भनिएको छ। तालिबानहरूले अनुहार नढाक्ने महिलाका पुरुष अभिभावकहरूलाई तीन दिनसम्म जेलमा थुन्नसक्ने पनि चेतावनी दिएका छन्।

यसअघि अफगानिस्तानका ठूला सहरहरूमा महिलाहरूले धार्मिक कार्यक्रमहरूमा सल लगाउने गरेका थिए। तर काबुलजस्ता ठाउँमा उनीहरूले आफ्नो अनुहार ढाक्ने गरेका थिएनन्। पछिल्लो आदेशपछि त्यसमा कस्तो परिवर्तन देखिन्छ त्यसका लागि कुर्नुपर्ने केरमानीको टिप्पणी छ।

सन् १९९६ देखि २००१ सम्म निलो रङ्गको अनुहार ढाक्ने बुर्का तालिबानहरूको कठोर शासनको विश्वव्यापी चिन्ह बनेको थियो। तर गएको मार्चमा महिलाहरूको विद्यालय खुल्ने दिन नै त्यसलाई बन्द गरिएको घोषणा गरेपछि राष्ट्रसङ्घ सहितका अन्तर्राष्ट्रिय समुदायले आलोचना गरेका थिए।

तालिबानहरूले शासन हातमा लिएयता अमेरिका र पश्चिमा देशहरूले अफगानिस्तानलाई उपलब्ध गराउँदै आएको विकास सहयोगमा कटौती गरेका छन्। अहिले र पहिलेको तालिबान शासनको बीचको दुई दशकको समयमा महिलाहरूलाई अध्ययन र रोजगारीका क्षेत्रमा रोकटोक थिएन।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal