राष्ट्रिय प्रजातन्त्र पार्टी पन्चायत समर्थकले बहुदलमा जन्माएर दरबारको छत्रछायामा हुर्कायको दल हो। देशको ठूलो भोट ब्यांक हिन्दू जनमतलाई थापाको राप्रपा जति निर्वाचन आयोगमा दर्ता हिन्दू नामधारी कुनै पनि दलले आजसम्म ‘क्यास’ गर्न सकेका छैनन्।किनभने उनी भाजपाकी उमा भारती वा महन्त आदित्यनाथ झैं थापा गेरुबस्त्रधारी होइनन्। उनले हिन्दू धर्मका बारेमा प्रवचन वा व्याख्यान दिएको पनि सुन्न पाइँदैन। बराह क्षेत्रको कुम्भस्नानका बेला थापाको शरीरमा जनैसम्म पनि देखिएन।”कमल थापा हिन्दूत्वको भजाइरहेका छन्।
मधेशी पहिचानवादी दलहरूमध्येको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदार पनि थापा झैं सत्ताका सदावहार साझेदार बन्दै आएका छन्। अर्थात्, राजनीतिमा कसरी पोलिटिक्स मिसिंदो रहेछ भन्ने प्रश्नको उत्तर तपाईंले पनि विद्वान राजनीतिक मनोविज्ञ नन्दीको विश्लेषण र दृष्टान्तमा भेट्नु भयो कि? हिन्दु राष्ट्र चाहिन्छ भनेर भन्ने तर हिन्दु राजाको पुनर्स्थापनालाई स्विकार्ने नैतिक र राजनीतिक साहस नभएकाहरूले जवाफ दिनु पर्दछ-राजा विनाको हिन्दु राष्ट्रको प्रबक्ता कोहो?
बहुलवादी राष्ट्रको पहिचान कुनै अमूक धर्ममा हुनु यसै पनि लोकतन्त्रका लागि सुहाउँदो थिएन । फेरि, सनातनी हिन्दू परम्पराका नागरिकहरूका लागि ‘हिन्दू राष्ट्र’ को पहिचान खास अर्थपूर्ण पनि थिएन ।त्यही भएर, मुलुक धर्मनिरपेक्ष हुँदा पनि यसको तात्विक फरक बोध भएन । केही राजनीतिक दल र समूहले हिन्दू राष्ट्रको पक्षमा चलाएको अभियानबाट संविधानसभाले बनाएको संविधानमा समेत कुनै प्रभाव पार्न सकेन ।
नेपालमा बेलाबखत राजनीतिमा पोलिटिक्स घुसिरहन्छ, जसलाई सामान्यजनको त कुरै छाडौं राजनीतिक पण्डितहरूलाई समेत अर्थ्याउन कठिन पर्न सक्छ। राजनीतिमा कसरी पोलिटिक्स घुस्दोरहेछ, भर्खरैको एउटा राजनीतिक घटनाक्रम हेरे काफी हुन्छ।
सन् १९२३ मा ‘हिन्दूत्व’ को दर्शनमार्फत सावरकरले हिन्दूशासित राज्यको कल्पना गरिसकेका थिए, जसलाई हिन्दूवादी दक्षिणपन्थी राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) र उसको राजनीतिक घटक भारतीय जनता पार्टीले आफ्नो मार्गनिर्देशक सिद्धान्त बनाएको छ। उता, इस्लामिक भाष्यका आधारमा जिन्ना छुट्टै राष्ट्र पाकिस्तान निर्माण गर्न सफल बने।
नन्दीले हिन्दूत्वका भाष्यकार सावरकर र इस्लामिक राष्ट्र पाकिस्तानका पिता (कायदे आजम) जिन्नाबारे उजागर गर्दै आएका रोचक तथ्य चाहिं सार्वजनिक खपत विपरीतका व्यक्तिगत सोच र व्यवहार हुन्। नन्दीको मत अनुसार सावरकर र जिन्ना दुवै पश्चिमी जीवनशैलीबाट पल्लवित नास्तिक थिए।
सावरकर त कुन हदसम्मको नास्तिक थिए भने उनी गाईलाई पवित्र मानिनुका पछाडि कुनै तूक नरहेको बताउँथे। यतिसम्म कि, आफ्नी पत्नीको अत्येष्टिमा समेत हिन्दू विधि अपनाउन अस्वीकार गरे। उता, चेन स्मोकर र बलरुम डान्सका सौखिन जिन्नाको जीवनशैली कुनै मुल्लाह वा शेखको जस्तो नरहेर अभिजात्य युरोपेलीको जस्तै थियो।
‘हिन्दूत्व जिन्ना जस्तै कमल थापाको व्यक्तित्व एक शिक्षित अभिजात्य वर्गको हो। थापाको राजनीतिक विगत पञ्चायतको विद्यार्थी घटक राष्ट्रवादी स्वतन्त्र विद्यार्थी मण्डलको हो, जुन संगठन कुनै मूलमा परेको सन्तान झैं सत्ताको पुल्पुल्याइका कारण आफ्नो जन्मको केही वर्षभित्रै वितण्डाकारी मण्डलेबाट बदनाम हुन पुग्यो।
राजसंस्थाको पुनर्स्थापनालाई सिद्धान्ततः स्वीकारे पनि उसले यसलाई जगेडा चक्का (स्पेयर टायर) झैं परिआएको बखत मात्र प्रयोग गर्ने गरेको छ। उता, संघीयताको अरिङ्गाले गोलामा ढुङ्गा फ्यालेर ‘प्रतिगामी’ मा दरिनुपर्ने भयका कारण उसले संघीयताविरुद्ध चर्को कुरा गरिरहनुपर्ने न आँट गरेको छ, न आवश्यकता महसूस नै। देशको ठूलो भोट ब्यांक हिन्दू जनमतलाई थापाको राप्रपा जति निर्वाचन आयोगमा दर्ता हिन्दू नामधारी कुनै पनि दलले आजसम्म ‘क्यास’ गर्न सकेका छैनन्।
उनी भाजपाकी उमा भारती वा महन्त आदित्यनाथ झैं थापा गेरुबस्त्रधारी होइनन्। उनले हिन्दू धर्मका बारेमा प्रवचन वा व्याख्यान दिएको पनि सुन्न पाइँदैन। बराह क्षेत्रको कुम्भस्नानका बेला थापाको शरीरमा जनैसम्म पनि देखिएन। हिन्दूत्वको नाममा भोट माग्ने थापा र उनका राजनीतिक मण्डलीले महाभूकम्पपछि सोत्तर हिन्दू मन्दिरहरूको पुनःनिर्माणको नेतृत्व लिएको वा सहयोग पुर्याएको पनि सुनिएन
हिन्दू धर्मभीरुहरूकै ढल मिसिएर दूषित बनेकी पतितपावनी वागमतीको सरसफाइमा पनि राप्रपाको अग्रसरता देखिंदैन। तैपनि मुलुकको हिन्दू जनमतलाई सबैभन्दा तरङ्गित थापाले नै गर्दै आएका छन्। र, त्यही मतको आधारमै राप्रपाले सरकार बनाउने र गिराउनेसम्मको हैसियत राखेको छ।थापाको राजनीतिमा धर्मको उपयोगितालाई लिएर भर्खरै पार्टी त्यागेका वरिष्ठ नेता प्रकाशचन्द्र लोहनीले विज्ञप्तिमार्फत भने, ‘राजसंस्था र हिन्दू धर्मप्रतिको भावनात्मक समर्थनलाई सत्ता स्वार्थको लागि प्रयोग गरिंदैछ।’ कमल थापा हिन्दूत्वको भाष्यको जगमा अवसरवादिता भजाइरहेका छन्।
मधेशी पहिचानवादी दलहरूमध्येको मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक) का विजय गच्छदार पनि थापा झैं सत्ताका सदावहार साझेदार बन्दै आएका छन्। दलितको लागि भने राष्ट्रिय प्रजातन्त्र पार्टी उपयुक्त छैन दलितका अधिकार निम्ति झन बोझ बनाउदै छ किनभने जातीय विभेद को लागि भने हिन्दु धर्म नै एक किसिमको रोग बनेको छ। त्यसैले अरु पार्टीमा भोट गरेपनी राप्रपा मा भोट नगरौ फेरि पनि जङ्ग बहादुर राणाको जस्तो शासन फर्कियला भन्ने बढी तनाब छ।
जातीय–क्षेत्रीय राजनीतिले गिजोलेको समाजमा धर्मले राजनीतिको रूप लिंदा उत्पन्न हुने परिस्थिति बहुलवादी लोकतन्त्रका लागि मात्र नभएर नेपाली समाजकै लागि घातक हुने निश्चित छ। नेपाली समाज ‘हिन्दूत्व’ वा हिन्दूवादी दृष्टिकोणबाट कहिल्यै प्रभावित भएन– न राजनीतिक न सांस्कृतिक रूपमा !‘हिन्दू राष्ट्र’ को लागि गरिने ‘हिन्दूत्व’ को राजनीतिको परिणतिबारे राप्रपाका नेताहरू बारे दलित लाई यो बारे थप बुझउनु नपर्ला !