आज :

दश दिनमा यति धेरै कम्पनी परे कालोसूचीमा

काठमाडौं । दश दिनमा यति धेरै कम्पनी कालोसूचीमा परेका छन् । कर्जा सुचना केन्द्रको तथ्यांक अनुसार चालू आर्थिक वर्षको चैत्र महिनाको १० दिनमा ४८० कम्पनीहरु कालो सूचीमा परेका हुन् ।

चैत्र महिनाको १० दिनमा कालोसूचीमा पर्ने कम्पनीहरुमा हाजिङ कम्पनीदेखि ट्राभल एण्ड होटलसम्मका रहेका छन् । त्यस्तै, शंखरमाली निर्माण सेवा प्रालि,फुटमार्क शुज उद्योग, न्यु मोर्डन काष्ठ फर्निचर उद्योग, डिडि कन्ट्रक्सन एण्ड सप्लायर्स प्रालि आदि रहेका छन् ।

त्यसैगरी कालोसूचीमा परेका कम्पनीहरुमा मल्ल ब्रदर्स सन्स प्रालि, भिल्लाजियो होटल प्रालि, एलपीजि एक्सप्रेस इन्टरनेशनल प्रालि, बालाजु पोलिट्री इक्युपमेन्ट सप्लायर्स, श्री सिद्धकाली मल्टी ट्रेडर्स प्रालि, फुलासी सव रेमिट सेवा, गोल्डेन पब्लिकेशन नेटवर्क प्रालि, एबीपी क्राइम मिडिया हाउस रहेका छन् ।

त्यस्तै यस अवधिमा बाम्ती भण्डार निर्माण सेवा, चुन्यदेवी बालुवा प्रसिद्ध उद्योग, ग्लोबल निर्माण सेवा प्रालि, नेपाल आर्या विजोश टेड्रिङ हाउस, मनास्लु बेभरेज प्रालि, कालिमाटी हाजिङ कम्पनी प्राइभेट लिमिटेड, न्यु शिव फिक्स इँटा उद्योग कालोसूचीमा परेका हुन् ।

केन्द्रको तथ्यांक अनुसार सोही अवधिमा आइकन एक्सपोर्ट इम्पोर्ट एण्ड सप्लायर्स प्रालि, केयस एण्ड क्युयर मल्टी स्पेसालिटी हस्पिटल प्रालि, सिद्धिविनायक फिड इन्डष्ट्रिज प्रालि, एसडिजी ग्लोबल इम्पोर्ट प्रालि र मैना पोखरी कन्ट्रक्शन प्रालि आदि कम्पनीहरु पनि परेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal