आज :

हुम्लाका अधिकांश गाउँमा विजुली बल्दा अदान्चुली र जैर अन्धकार

हुम्ला । जलस्रोतको धनी देशकारुपमा चर्चित नेपाल अनि विस्तारै विद्युत क्षमतामा विकास हुँदै गएको समयमा हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिकाको तीन वडाका तीनहजार नागरिक गत साउनदेखि अन्धकारमा बस्न बाध्य छन्, भने सर्केगाड गाउँपालिका अन्तरगतको एक नम्बर वडा(जैर) लामो समयदेखि अन्धकारमा रहेको अवस्था छ ।

उक्त विद्युत्को नहरमा ठाउँठाउँमा पूरै माथिबाट जमिन भासिएर भत्किएकाले मर्मत गर्न ठूलो रकम चाहिने बताइएको छ । अदानचुली ४, ५ र ६ मा नौमहिनादेखि विद्युत् सेवा अवरुद्ध भएको स्रोतले जनाइएको छ । साउनमा परेको अविरल वर्षाका कारण कुकुरफाल्ना जलविद्युत् आयोजनाको भत्केको नहर अझैसम्म मर्मत गरिएको छैन । ती तीन वडावासीले सल्लाको दियालो तथा सोलार बालेर रात बिताउँदै आएका छन् । नहर मर्मतमा चासो नराख्दा विद्युत आयोनना सञ्चालनमा आउन सकिरहेको छैन ।

त्यसैगरी जैरमा पनि करोडौं रकम लगानीमा नेरखोला जलविद्युत निर्माण सम्पन्न भएर केही महिना वत्ति बलेपनि त्यसपछि त्यसलाई पुनिर्माण कार्यमा सरोकारवाला पक्षले चासो नदिएकोले जनता आक्रोशित देखिएका हन् । नेर खोला जलविद्युतबाट बत्ति बलेपनि पुन त्यसलाई सुचारु गर्ने तथा त्यसको दीर्घकालिन स्थायीत्वका माग तथा आयोजना निर्माण कार्यमा व्यापक अनियमितताको आशंकाले पटकपटक स्थानिय युवाहरुले आवाज उठाउँदै आइरहे पनि त्यसको प्रभाव परेका छैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal