आज :

सर्वदलीय बैठकमा एमसीसीबारे भएन सहमति, पक्षमा काँग्रेस एक्लै

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सोमबार बोलाएको सर्वदलीय बैठकम विवादित अमेरिकी निगम मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई जस्ताको त्यस्तै संसदबाट पारित गर्नुपर्ने पक्षमा नेपाली काँग्रेस मात्रै उभियो । प्रमुख प्रतिपक्ष नेकपा एमाले अनुपस्थिति सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रसहित सबै दलका नेताहरुले एमसीसी संसदबाट गर्न नसकिने धारणा राखेका राखे ।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले तत्कालिन (नेकपा)का कार्यकारी अध्यक्ष हुँदा एमसीसी संसदबाट पारित गर्न नसकिने निर्णय नै गरिसकेको हुँदा नैतिक हिसाबले पनि साथ दिन नसकिने धारणा राखे । त्यस्तै, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पनि अहिलेकै अवस्थामा एमसीसी संसदमा पारित गर्न आफ्नो पार्टीले साथ दिन नसकिने बताए । नेपालले एमसीसीका कतिपय बुँदाहरु राष्ट्रहितमा नभएको बताए ।

एक नेताका अनुसार प्रचण्ड र नेपालको कुरा सुनेपछि अलि हतास जस्तै देखिएका प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमसीसीलाई संसदमै लिएर फैसला गराउनु पर्ने धारणा राखे । पास वा फेल जे हुन्छ संसदमा लैजाउ भन्ने प्रधानमन्त्रीको धारणा सुनेपछि माओवादी केन्द्रका संसदीय दलका प्रमुख सचेतक देव गुरुङले छलफल गर्न पहिला खुल्नुपर्ने धारणा राखे ।

कानुन मन्त्री समेत रहेका काँग्रेस नेता दिलेन्द्र बडूले संसद खुल्नलाई एमालेको माग पूरा गर्नुपर्ने बताए । उनले एमालेले १४ जना सांसदलाई कारवाही र सभामुखको राजिनामा गरेमात्रै संसद खुल्ने बताएको एक नेताले बताए ।

बैठकमा सहभागी मधेसवादी पार्टीहरुले एमसीसीको विषयमा मध्यमार्गी लाइन लिएका छन् । जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवले एमसीसीकै पक्षमा छैनन् । तर, जे फैसला हुन्छ संसदबाटै गरौं भन्ने धारणा राखेको बताइएको छ । पार्टीका अर्का अध्यक्ष बाबुराम भट्टराईले जस्तै जसरी पनि पारित गर्नुपर्ने धारणा यादव छैनन् ।

त्यसैगरी लोकतान्त्रिक समाजवादी पार्टीका अकवाल अहमद साहले एमसीसी सम्झौता संसदमा लगेर छलफल गर्नुपर्ने बताए । तर, राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल, नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राखे । उनीहरुले यो सम्झौता नेपालको हितमा नभएकोले सरकारले अस्वीकार गर्नुपर्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal