आज :

सर्वोच्च अदालत परिसरबाट हतियारधारी सुरक्षाकर्मी हटे, जबरालाई महाअभियोग बारको आग्रह

काठमाडौं । सरकारले सर्वोच्च अदालत परिसरबाट हतियारसहितका सुरक्षाकर्मी हटाएको छ। कानुन व्यवसायीहरुको आन्दोलन दवाउन सर्वोच्च परिसरमा हतियारधारी सुरक्षाकर्मी परिचालन गरेको विरोध भएपछि सरकारले आजबाट हतियारसहित सुरक्षामा खटाइएका फ्रन्टलाइनका सुरक्षाकर्मी हटाएको हो ।

सरकारले हतियारसहितका प्रहरी खटाएर दमन गर्न चाहेको भन्दै आन्दोलनरत कानुन व्यवसायीहरुले गृहमन्त्रीको राजिनामा समेत मागेका थिए । प्रहरीले आफ्नो शान्तिपूर्ण विरोध प्रदर्शनमा हस्तक्षेप गरेको कानुन व्यवसायीले विरोध गरेका थिए ।

आन्दोलनरत कानुन व्यवसायी र प्रहरीबीच धकेलाधकेल हुँदा नेपाल बार एशोसिएसनका अध्यक्षसहित एक दर्जन वकिल घाइते भएका थिए । आज दंगा प्रहरी हटेपछि कानुन व्यवसायीहरुले शान्तिपूर्ण धर्ना जारी राखेका छन् । प्रधानन्यायाधीश जबराको राजीनामा नआएसम्म धर्ना कायमै राख्ने कानुन व्यवसायीहरुले बताएका छन्।

आन्दोलनरत कानुन व्यवसायीहरुले आज राजनीतिक दलहरुलाई ज्ञापनपत्र बुझाएका छन् । नेपाल बार एसोशिएसनका नेतृत्वमा कानुन व्यवसायीहरुले सबै राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउँदै महाअभियोग लगाउन माग गरेका छन् ।

यसैगरी नेपाल बार एसोसिएसनले आजै सोमबार सभामुख अग्निप्रसाद सापकोटासँग भेटघाट गर्ने भएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको बारले आजै संसद्मा रहेका विभिन्न राजनीतिक दलहरुलाई ज्ञापनपत्र एवं ध्यानाकर्षण पत्र बुझाउँदैछ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal