आज :

पञ्चेश्वर परियोजनालाई निष्कर्षमा पु¥याउन प्रधानमन्त्रीलाइ प्रचण्डको सुझाव

  • अनलाइन डबली

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) लाई भारत भ्रमणका क्रममा पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई निष्कर्षमा पु¥याउन सुझाव दिएका छन् ।

आफू प्रधानमन्त्री हुँदा परियोजनासम्बन्धी सम्झौता हस्ताक्षरको नजिक पुगेको उल्लेख गर्दै उनले त्यसलाई टुंगोमा पु¥याउन सके नेपाल र भारत दुवैका लागि ऐतिहासिक उपलब्धि हुने बताएका हुन् ।

रुसको राजधानी मस्कोमा आयोजित ‘फ्रिडम अफ नेसन्स’ अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भएर बिहीबार स्वदेश फर्किएका प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणमा आफूले अघि बढाएका महत्वपूर्ण सहमति र परियोजनालाई प्राथमिकता दिन आग्रह गरे ।

प्रचण्डले पञ्चेश्वर परियोजनासँगै विद्युत् व्यापारसम्बन्धी त्रिदेशीय सहकार्य र कृषि विकाससँग सम्बन्धित सहमति तथा समझदारीलाई पनि अघि बढाउनुपर्ने बताए । ‘नेपालको राष्ट्रिय हितलाई प्राथमिकता र केन्द्रबिन्दुमा राखेर छलफल गर्नुहुनेछ भन्ने अपेक्षा गर्छु । नेपाल–भारत सम्बन्धमा मैले पछिल्लो पटक प्रधानमन्त्री हुँदा जे जति काम अगाडि बढाएको थिएँ, ती कामलाई उहाँले फत्ते गरिदिनुहोस् भन्ने चाहन्छु,’ उनले भने ।

महाकाली सन्धिपछि अघि बढाइएको पञ्चेश्वर बहुउद्देश्यीय परियोजना नेपाल र भारतबीचको प्रमुख जलस्रोत सहकार्यको आयोजना हो । परियोजनाको कार्यान्वयनबाट विद्युत् उत्पादनसँगै सिँचाइ र बाढी नियन्त्रणमा समेत लाभ लिन सकिने अपेक्षा गरिएको छ । तर, लामो समयदेखि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र लाभ बाँडफाँटलगायत विषयमा सहमति जुट्न नसक्दा यसको कार्यान्वयन अघि बढ्न सकेको छैन ।

प्रचण्डले प्रधानमन्त्री शाहले राम्रो काम गरे आफू र आफ्नो पार्टीको सहयोग रहने पनि स्पष्ट पारे । यसअघि संसद्मा बोल्दा पनि प्रधानमन्त्रीलाई राम्रो काम गर्न आग्रह गरेको र त्यसमा आफ्नो साथ रहने बताएको उनले स्मरण गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal